Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

चलचित्र ‘रातो टिका निधारमा’ प्रदर्शनमा, यसरी बनेको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, १०
चलचित्र  ‘रातो टिका निधारमा’ प्रदर्शनमा, यसरी बनेको छ

काठमाडौं / दशैंको अवसर पारेर  शुक्रबार बाट  रिलिज  भएको चलचित्र  ‘रातो टिका निधारमा’को टिकट बुकिङ खुल्ला गरिएको छ । यो फिल्मले क्युएफएक्समा ३४ शोज पाएको छ भने बिग मुभिजमा ६ शोज, एफक्युबमा ५ शोज, सीडीसीमा ५ शोज, बीएस्आरमा ६ शोज पाएको छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, अकिंत शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयानन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

अकिंत शर्मा आफ्नै होम प्रोडक्शनको फिल्मबाट डेब्यु गर्दैछन् ।अशोक शर्माले निर्देशन गरेको फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स