सुनको मूल्यमा नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो
काठमाडौं । सुनको भाउ फेरि आकासिएको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबारका लागि नेपाली बजारमा प्रति तोला छापावाला सुनको मूल्य ७६ हजार ५ सय पुगेको छ । यो बुधबारको तुलनामा हजार रुपैयाँ बढेको हो । मंगलबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ७५ हजार ५ सयमा कारोबार भएको थियो । सुनले नेपाली बजारमा भने गत शुक्रबार देखि नयाँ किर्तिमान कायम गर्दै आइरहेको छ ।
शुक्रबार त्यस अघिको सबै रेकर्ड तोड्दै ७४ हजार ५ सय पुगेको सुन आइतबार पुन हजार रुपैयाँ बढेको थियो । यस्तै सोमबार पनि सुन ५ सय बढेर ७६ हजार पुगेपनि मंगलबार भने ५ सय घटेको थियो । तर बुधबार फेरि हजार रुपैयाँ बढेको हो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार २ सय रुपैयाँ पुगेको छ । अमेरिका र ईरानको बीचमा बढेको तनावको असर सुनमा देखिएको विश्लेषकहरुले बताएका छन् ।
अहिले अन्तर्राष्टिय बजारमै सुनको मूल्य बढेको छ । केही दिन अघि प्रतिऔंस १५ सय ३० अमेरिकी डलर रहेको सुनको भाउ सोमबार १५ सय ७७ प्रतिऔंस पुगेको थियो । मंगलबार त्यो घटेर १५ सय ६५ मा पुगेपनि बुधबार फेरि बढेर १६ सय पुगेको छ । अन्तर्राष्ट्रिय मिडियाहरुले पनि सुनको मूल्य अझै बढ्ने बताइरहेका छन् । नेपाली सुनचाँदी व्यावासायी पनि सुनको मूल्य अझै बढ्न सक्ने आकलन गरिरहेको छन् ।
सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ । आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको थियो । मंगलबार २० रुपैयाँ घटेर पुन ९ सय पुगेको चाँदी बुधबार फेरि २० रुपैयाँ बढेको सुनचादी व्यावसायी महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

