Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

पुस २९,मंगलबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, २८
पुस २९,मंगलबारको राशिफल

जय गुरु देव !! जय श्री गणेश !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको पञ्चाङ्ग–
वि.सं. २०७६ पुस २९, मंगलबार, इ.स. २०२० जनवरी १४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलागा, माघ कृष्णपक्ष, चतुर्थी, १८:०९ उप्रान्त पञ्चमी, नक्षत्र– मघा, ११:१७ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– आयुष्मान्, ७:२५ बजेदेखि सौभाग्य, २८:२२ बजेउप्रान्त शोभन, करण– वव, ७:१६ बजेदेखि वालव, १८:०९ बजेपछि कौलव, २९:०१ बजेउप्रान्त तैतिल, आनन्दादिमा काल योग, चन्द्रराशि– सिंह, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२८ बजे र दिनमान २६ घडी ५ पला।व्रत/पर्व- मंगल चौथी, काशीमा बडागणेश उत्सव। पौष मसान्त।

भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ माघ १, बुधबार,इ.स. २०२० जनवरी १५, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० पोहेलागा, माघ कृष्णपक्ष, पञ्चमी, १५:५१ उप्रान्त षष्ठी, नक्षत्र– पूर्वफाल्गुनी, ९:४२ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– शोभन, २५:१३ बजेउप्रान्त अतिगण्ड, करण– तैतिल, १५:५१ बजेदेखि गर, २६:४० बजेउप्रान्त वणिज, आनन्दादिमा स्थिर योग, चन्द्रराशि– सिंह, १५:१७ बजेउप्रान्त कन्या, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२९ बजे र दिनमान २६ घडी ७ पला,व्रत/पर्व-माघ (मकर) संक्रान्ति, माघी पर्व, उत्तरायण आरम्भ, देवघाट, वराहक्षेत्र, शंखमूल आदि तीर्थस्थलहरूमा मकरस्नान, मकरस्नान सुरु। घ्याेचाकुसल्हुँ, रिडी रूरूक्षेत्रमा तीनदिने धार्मिक मेला सुरु, लैच:ह्रे पूजा, छन्त्याल जातिको पर्व, तेह्रथुम गौखुरी मेला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,भौतिक साधन जोड्ने समय छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,कीर्तिमानी काम गर्ने समय छ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरूको सुझावप्रति शंका उब्जने समय छ,महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,गइसकेको धन फिर्ता हुन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ, परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आजको शुभ अंक २ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,आजको शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,आजको शुभ अंक ४ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला,आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,आजको शुभ अंक ७ रहेको छ। गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

Top Changing Nepal

युट्युब सट्स