बाँके । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ कृषि विकास निर्देशनालय मातहतको कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र बाँकेले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि उपज बजार पूर्वधार साझेदारीमा निर्माण तथा संचालन गर्नका लागि अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि ईच्छुक कृषक समूह, कृषि सहकारी, नीजि फर्म, कम्पनी वा बजार विकास समितिले आवश्यक कागजातसहित निवेदन पेश गर्न सक्नेछन् ।
संचालन हुने कार्यक्रम :
१. थोक बजार निर्माण
२. नयाँ हाटबजार निर्माण तथा पुरानो हाटबजार सुदृढिकरण
३. संकलन केन्द्र निर्माण
थप जानकारीका लागि :
०८१ – ५६०४४२