• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        बिहीबार, माघ २३, २०८२
बिहीबार, माघ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ८. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

कोरोनाको प्रकोपले मनोसामाजिक समस्याको जोखिम । – गोपाल ढकाल, मनोविद

कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब , डर , चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् ।

कस्ता कस्ता लक्षण देखिन्छन् त ?

मनमा कुरा खेल्नु ,झर्को लाग्नु , हातखुट्टा, जिउ काप्नु , कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको- पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु , कब्जियत हुनु , प्रेसर बढनु ,शरिरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो हुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर / चिन्ता / पिर पर्नु, छटपटि हुनु निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही पो होला कि भन्ने डर लाग्नु, शरीर तातो बा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु देखिन सक्छन् ।

बिपति वा असहज अबस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन । यस्ता लक्षणहरु बिपति वा संकटको कतिलाई तुरुन्तै देखिन्छन् भने कतिपयलाई केहि दिन पछि मात्र देखिन शुरु हुन्छ । कोही कोहीलाई भने केही महिना वा वर्षपछि अचानक लक्षणहरु देखा पर्न सक्छन् ।

समस्या कसरी कम गर्न सकिन्छ ?

मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोलि रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले यि लक्षणहरु समय बित्दै जादा हराउदै जान्छन् ।

कतिपय ब्यक्तिमा यस्ता लक्षण कम हुँदै जानुको सट्टा झन झन बढने पनि हुन सक्छ । जसले मनोसामाजिक समस्या वा मानसिक स्बास्थ्य समस्याको जोखिम बढेर जान्छ । यस्तो बेलामा बिज्ञको सहयोग लिनुपर्छ । प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असर पनि फरक फरक हुन्छ ।

साथै व्यक्ति पिच्छे कोहि चाडै सामान्य अवस्थामा फर्कन्छन भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न सक्छ । धेरै मानिसहरु ढिलो चाडो सामान्य अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरुमा समस्याका लक्षणहरु हराउदैनन् । बिपतिको बेला देखिने स्बभाबिक लक्षणहरु कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लाँगू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, केटाकेटीको स्वभावमा परिवर्तन आएमा, विभत्स घटनाको यादले झस्काइरहेमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ । बिपतिका बेला कस्ता कस्ता मानसिक स्वास्थ्य समस्याहरु देखापर्न सक्छन् ।

– लगातार आत्तिने रोग

– दिक्दारिपन तथा आत्महत्याको सोचाई

– पिडादायिक घटनापछि उत्पन्न हुने एक विशेष मानसिक समस्या

– एक्कासि विनाकारण हुने अत्याधिक त्रास

– समायोजनको समस्या

– तत्कालै देखा पर्ने तनावजन्य समस्या मनोवैज्ञानिक सहयोग जरुरी ।

रोगको संक्रमणले परिवारका सदस्यहरु गुमाउनु पर्दा, आफुलाई नै संक्रमण देखिँदा वा संक्रमणको आशंका हुदाँ, मनमा दुःख, पिडा तथा भावनात्मक चोट पुग्छ नै साथै यसलाई सहन कतिपय अवस्थामा कठिन हुनसक्छ ।

रोगको प्रकोपले प्रभावित व्यक्तिहरुको मनोबल धेरै कम भएको हुनसक्छ । यस्तो अबस्थामा भावनात्मक सहयोगको जरुरत पर्छ। भावनात्मक सहयोगले अशान्त मनलाई शान्त बनाउन मदत गर्छ । समस्यालाई बढन र बिग्रन दिदैन । आधारभूत आवश्यकता परिपूर्ति गर्न मदत गर्नु , उपचारको लागि मदत गर्नु , रोकोनाको संक्रमण बाट बच्ने सुरक्षाका उपाय अपनाउन सिकाउनु जस्ता ब्यवहारिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो । बिपतिको बेला ब्यक्तिको मनमा देखा पर्ने त्रास , भय , छटपटि , मानसिक अशान्ति , नैरस्यता र यसको कारण आउन सक्ने व्यवहार जन्य गडबडीलाई ब्यबस्थापन गर्ने दिईने सबै प्रकारको ब्यबहारिक र भाबनात्मक सहयोग नै प्राथमिक मनोबैज्ञानिक सहयोग हो ।

यसले छोटो समयमा नै स्वास्थ भई आफ्नो काममा फर्कन मद्दत पुग्छ । प्रभावितमध्ये कसलाई मानसिक स्वास्थ्य समस्या देखा पर्छ वा कसलाई पर्दैन भनेर थाहा नहुने हुँदा जोखिममा परेका सबैले प्राथमिक मनोबैज्ञानिक सहयोग वा मनोसामाजिक सेवा लिनु राम्रो हुन्छ ।

यसो गर्दा लक्षणहरु छिट्टै हराउने र मानसिक स्वास्थ्य समस्याको रुपलिन पाउँदैन । परिवारका सदस्य गुमाएका व्यक्तिहरु, संक्रमित , बालबालिका, गर्भवती एवम् सुत्केरी महिला, अपाङ्ग, बृद्धबृद्धा, रोगी र अशक्तमा असर बढी पर्ने भएकोले उनीहरुलाई सामान्य जीवनमा फर्काउन मनोसामाजिक सेवा अरु सामान्य व्यक्तिको तुलनामा झनै बढी आवश्यक पर्छ । लकडाउको अबधिभरि फोन मार्फत निशुल्क मनोपरामर्शको सेबा ब्यबस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।

लेखकः मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
    सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
    स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    • एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    • राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    • २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.