Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

जैविक कृषि र नेपालमा यसको महत्त्व

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, जेष्ठ, २६
जैविक कृषि र नेपालमा यसको महत्त्व

जैविक कृषि एक नयाँ प्रकारको कृषि प्रणाली हो जुन हालसालै विश्वव्यापी रूपमा शुरू भएको छ । यस कृषिमा सिंथेटिक मल, सिंथेटिक कीटनाशक, एन्टिबायोटिक, विकास हार्मोन र आनुवंशिक रूपमा संशोधित जीवहरु (GMOs) को
उपयोग नगरी, विभिन्न कृषि वस्तुहरुको उत्पादन प्रणालीलाई जोड गर्दछ। यस खेती प्रणालीको मुख्य उद्देश्य भनेको दिगोपनलाई बढावा दिनु, माटोको गुणस्तर सुधार गर्नु र जैविक उत्पत्ति (एफवाइएम, हरियो मलखाद, कम्पोस्ट, बायोफर्टाइजर) भएको उर्वरकको उपयोग गर्नु हो ।

जैविक कृषि २० औं शताब्दीको सुरुवातमा शुरु भयको थियो । जैविक कृषि अन्तर्गत आज करिब ७० करोड हेक्टरका जग्गाहरू रहेको छन् । अस्ट्रेलिया अधिकतम जैविक कृषि क्षेत्र भएको देश हो पहिले मानिसहरूले अत्याधिक दरमा रासायनिक मलहरूको प्रयोग गर्थे किनकि यसले कृषि उत्पादनको उच्च मात्रामा मद्दत गर्थ्यो। तर ती रसायनहरूले हुने खतरनाक प्रभावको बारेमा मानिसहरूलाई केही जानकारी थिएन जस्तै: माटोको उर्वरता नाश गर्ने, प्राकृतिक पर्यावरणलाई हानी गर्ने र रासायनिक अवशेषले मानव स्वास्थ्यमा पार्ने असर । तसर्थ, यी समस्याहरूलाई नियन्त्रण गर्न र दिगोपन कायम राख्न, जैविक कृषि विकसित गरियो। अन्य जस्तै , यो खेती प्रणालीसँग पनि केहि सिद्धान्तहरू जोडिएका छन् जस अन्तर्गत यो संचालित हुन्छ । जैविक खेतीका सिद्धान्तहरू अन्तर्राष्ट्रिय जैविक कृषि आन्दोलनको संघ (IFOAM) द्वारा स्थापित गरिएको थियो। सिद्धान्तहरू IFOAM को महासभाले सेप्टेम्बर २५,२००५ मा स्वीकृत गरेको थियो ।

ति सिद्धान्तहरू हुन :

१. स्वास्थ्यको सिद्धान्त :
हाम्रो प्रकृतिको प्रत्येक जीवित प्रणाली स्वस्थ हुनुपर्दछ। तिनीहरू शारीरिक, मानसिक, सामाजिक र पर्यावरणको हिसाबले स्वस्थ हुनुपर्दछ र कुनै पनि प्रकारको बिमारी र असुविधाबाट स्वतन्त्र हुनुपर्दछ। जैविक कृषिले रासायनिक मल, कीटनाशक आदि प्रयोग नगरी,पूर्ण रूपमा उच्च उत्पादनमा संलग्न हुनुपर्दछ। मानवका लागी स्वस्थ खाना, माटोको गुणस्तर सुधार र प्राकृतिक इकोसिस्टमलाई सँधै स्वस्थ राख्नु पर्दछ।

२. पर्यावरणको सिद्धान्त :
पर्यावरण एउटा त्यस्तो स्थान हो जहाँ सबै प्राकृतिक प्रणालीहरू र जीवित प्राणीहरू बसोबास गर्छन्। यद्यपि जैविक कृषिको प्रत्येक खेतीपातीहरू पर्यावरणीय प्रक्रिया र रिसाइक्लिमा आधारित हुनुपर्दछ। जैविक कृषिले पर्यावरण र वातावरणको विभिन्न भागहरू जस्तै परिदृश्य, आवास, जैवविविधता, हावा र पानीलाई जोगाउनु पर्दछ।

३. निष्पक्षताको सिद्धान्त :
निष्पक्षताले जैविक कृषिमा संलग्न सबै तह र व्यक्तिहरू बीचको समानतालाई जनाउँछ जस्तै – किसानहरू, कामदारहरू, प्रोसेसरहरू, वितरकहरू, व्यापारीहरू र उपभोक्ताहरू। आज हामीले प्रयोग गरिरहेका सबै स्रोतहरूको निष्पक्ष उपयोग र वितरण गरिनु पर्छ ताकि यो आउँदो भविष्यका पुस्ताहरूका लागि पनि सुरक्षित रहनेछ।

४. हेरचाहको सिद्धान्त :
जैविक कृषि प्रणाली एक गतिशील हो र यो प्रकृतिका विभिन्न अवयवहरूसँग सम्बन्धित छ। यद्यपि जैविक कृषिको हरेक अभ्यासलाई सावधानीपूर्वक प्रयोग गरिनु पर्दछ। जैविक कृषिको कुनै पनि अभ्यासहरू समावेश गर्दा जिम्मेवारी र सावधानीलाई दुई प्रमुख चिन्ताका रुपमा लिनु पर्दछ । अहिलको अवधिमा नेपालमा जैविक कृषि फूलेको छ। आजका दिनहरूमा मानिसहरू जैविक खाद्यान्नको महत्त्वबारे सचेत भयका छन् र स्वस्थ पौष्टिक खाद्यान्न उत्पादनहरू उपयोग गर्न पनी तयार भएका छन्। यो मुख्यतया सहर क्षेत्रमा लोकप्रिय बन्न गइरहेको छ र जैविक कृषिको माग बिस्तारै बढ्दै रहेको छ। जैविक कृषिलाई नेपालको सन्दर्भमा ठुलो अवसरका रुपमा लिन सकिन्छ । समीर नेवा, नेपाल र जैविक गाउँको सम्पूर्ण अवधारणाका संस्थापक हुन्। यो गाउँ पहिलो पटक २००३ मा स्थापना भएको थियो जसले रासायनिक मुक्त खाद्य पदार्थ उत्पादन गर्दछ र स्थानीय जनतामा जैविक खाद्यको महत्वको बारेमा सचेतना प्रदान गराउछ।जैविक गाउँलाई यूएनडीपी (UNDP), जीटीजेड (GTZ) , विन्रोक इन्टरनेसनल, साना अनुदान कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम जस्ता विकास एजेन्सीहरूले सहयोग गरेका थिए।

नेपालमा उब्जने लोकप्रिय जैविक बालीहरूस् मटर, फूलगोभी, सोयाबीन, बैगन, अंगूर, स्ट्रबेरी, कफी, चिया , लसुन, अखरोट, पाइन नट आदि हुन्। जैविक कृषि सुरु गर्नु अघि प्रत्येक किसानको खेतमा प्रमाणीकरण प्रक्रिया हुनुपर्दछ र केहि कृषि संस्थाहरूबाट प्रमाणित हुनुपर्दछ। जैविक सर्टिफिकेसन नेपाल (OCN),हाम्रो देशको राष्ट्रिय स्तरको जैविक प्रमाणीकरण निकाय हो । जैविक खेतीमा प्रमाणीकरण प्रदान गर्ने अन्य निजी संस्थाहरू छन् जस्तै: हिमालयन जैव-जैविक कृषि केन्द्र नेपाल (HIMBOAC-NEPAL), कफी सहकारी संघ लि., संयुक्त राज्य अमेरिकाको कृषि(राष्ट्रीय जैविक कार्यक्रम विभाग (USDA-NOP), जापानिज कृषि स्टार्डेस (JAS) आदि । नेपाल विविधिक देश हो। नेपाल सानो देश भएता पनि याहा जैविक कृषिको उच्च क्षमता रहेको छ र यसको धेरै महत्त्व पनि रहेका छन् ।

राष्ट्रिय जैविक कृषि मान्यता संस्था (NOAAB) र जैविक कृषि उत्पादन तथा प्रशोधनका लागि राष्ट्रिय समन्वय समिति (NCCOAPPS) को स्थापनाले जैविक कृषिलाई समर्थन गर्दछ र यो संस्थाले जैविक कृषि अपनाउनका लागि अनुकूल वातावरण बनाएको छ। जैविक कृषि प्रणालीले धेरै फाइदाहरू गराउछ जस्तै: माटोको गुणस्तर सुधार गर्छ, दिगोपनलाई बढावा दिन्छ, मानवमा अवशिष्ट प्रभाव हटाउँछ र प्रकृतिको प्राकृतिक पर्यावरणको प्रणालीलाई कायम गर्दछ। कृषकहरूले उत्पादन प्रणालीमा थप लागतहरू थप्नुपर्दैन किनकी जैविक कृषिमा हामीहरूले जैविक मलहरू प्रयोग गर्छौं जुन हामीले आफ्नै जमिनमा उत्पादन गर्न सकिन्छ जस्तै स्फार्मयार्ड मल खाद (FYM),कम्पोस्ट र हरियो मल ।
जैविक कृषिले हाम्रो प्राकृतिक वातावरणको संरक्षण गर्दछ र स्वस्थ खाना उत्पादन गर्दछ । यसैले नेपालमा जैविक कृषिको ठूलो महत्त्व रहेको छ।

लेखक : सोनी थापा ( कृषि तथा पशु विज्ञान अध्यान संस्थान,पक्लिहवा )

naima expoTop Changing Nepal

युट्युब सट्स