• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

अकबरे खुर्सानी खेती र 3G कटीङ्ग

admin २०७७, असार, १

खुर्सानीको उत्पत्ति मध्य अमेरिकाबाट भएको भन्ने अनुमान छ। नेपालमा २०-२५ खालका पिरो, भेडे खुर्सानी र अकबरे खुर्सानी पाईन्छ। खुर्सानी तुसारो नपर्ने ठाउँमा बहुवर्षीय र तुसारो पर्ने ठाउँमा एकबर्सीय बाली हो। विशेष गरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये इलाम र धनकुटामा बढी खेती भएको पाइन्छ। अहिलेको समयमा भने पश्चिमी क्षेत्रमा पनि खेती भएको पाईन्छ। नेपालमा विभिन्न ठाउँ अनुसार अकबरे खुर्सानीलाई ज्यानमारा, रागे अथवा डल्ले नामले चिनिन्छ। यो खुर्सानी धेरै पिरो, स्वादिलो, र बास्नादार हुन्छ। अकबरे हरियो खुर्सानीमा भिटामिन ए, भिटामिन सी लगायत खनिज तत्वहरू पाइन्छ।

अकबरे वा डल्ले खुर्सानी पहिले मङ्गोल जातिका मानिसहरूले खाने गरेका थिए भने हाल आएर अन्य जातिका मानिसहरूले पनि खाने गरेका छन्। अकबरे खुर्सानी ग्यास्ट्रिक तथा अल्सरका रोगीहरूले समेत औषधिको रूपमा प्रयोग गरेको पाइन्छ। यो खुर्सानी खास गरी अचार बनाउन प्रयोग गरेको पाइन्छ। पाकेको अकबरे लाई हल्का सुकाएर तोरीको तेल तातो बनाई अनि हामीले खानी गरेको नुन मिसाएर सिसाको भाँडामा टाईट बिर्को लगाई राख्न सकिन्छ। साथै विभिन्न अचार उद्योगहरुले अकबरेको पेस्ट बनाई प्रयोग गर्ने क्रम सुरु भएको पाइन्छ।

हावापानी :
सामान्यतः गोडमेल खेती जस्तै हावापानी यसका लागि उपयुक्त हुन्छ। अकबरे खुर्सानीको खेती गर्मी र न्यानो मौसममा हुने बाली हो। यसका लागि दिनको तापक्रम २२-२५ डिग्री से. र रातीको तापक्रम १५-२० डिग्री से. सम्म उपयुक्त हुन्छ। यो भन्दा हल्का घटि बढीमा पनि खेती गर्न सकिन्छ। यसले तुसारो र बढी चिसो सहन नसक्ने हुँदा सेपिलो तथा पानी जम्मा हुने स्थान खेती गर्न निकै नै कठिन हुन्छ बढी मात्रामा पानी अनि २० डिग्री से. भन्दा माथि तापक्रम भयो भने फूलहरू झर्ने गर्दछन्।

माटो :

पानी नजम्ने, चिम्टाईलो, दोमट माटो यसको लागि उपयुक्त हुन्छ। बलौटे माटोमा पनि यसको खेती गर्न सकिन्छ तर प्राङ्गारिक मल प्रशस्त मिसिनुका साथै माटोको पि.एच. ६-७ हुनु पर्छ। भिरालो तथा नयाँ पाखो माटो अकबरे खेतीकालागि उपयुक्त हुन्छ।

प्रजातिहरु (varieties) :
बालीको जात पाक्ने दिन उत्पादन क्षमता सिफारिस क्षेत्र
क्यालिफोर्निया ८०-९० १६ -२० तराई, मध्य र उच्च पहाड
सागर ६५ -७५ ३६ तराई र मध्यपहाड
एन एस ६३२ ६५ ४५ – ५० तराई र पहाड

Source:MoAD 2017/18

नर्सरी व्यवस्थापन :
वर्षमा २ पटक नर्सरी राख्न सकिन्छ (आश्विनर कार्तिक र माघ र फाल्गुण)। अकबरे खुर्सानीको ब्याड राख्दा राम्रा र नयाँ बोटबाट फलहरू छनोट गर्ने। जमीनको तयारी अनि जमीनको छनोट गर्दा पानी नजम्ने ठाउँको माटोलाई २-३ पटक खनजोत गरी बुरबुराउँदो बनाउनु पर्दछ। त्यसपछि नयाँ ठाउँको माटो, एक भाग पाकेको गोबर मल र एक भाग चिम्टाईलो बलौटे माटोमा मिसाई १ मिटर चौडाइ र लम्बाई आवश्यकता अनुसार ड्याङ् बनाउने। नर्सरीमा बिउ रोप्नु अघि निम्न मल र औषधिको प्रयोग गर्नु पर्छ। माटो उपचार गर्न फ्युराडन २५ ग्राम, डी.ए.पी. २०० ग्राम, पोटास १०० ग्राम, कृषि चुन १०० ग्राम उक्त मलहरु तयारी माटोमा राम्ररी मिसाई १-२ दिन जति परालले छोपी सिंचाई गर्ने।

बीउको मात्रा :
एक रोपनी जग्गाको लागि ५०-७५ ग्राम सम्म बीउको आवश्यकता पर्दछ। छिप्पेको हाँगाबाट पनि यसको कटिङ्ग लिएर बेर्ना तयार गर्न सकिन्छ। जाडोको मौसम भए प्लास्टिक टनेलको व्यवस्था हुनु पर्छ।

बेर्ना छर्ने र उमार्ने तरिका :
चौडाइ पट्टिबाट ४ इन्चको फरकमा लाइन कोरी आधा इन्च गहिरो कुलेसो बनाई १ इन्च फरकमा १/१ दाग बीउ खसाल्ने। उक्त बीउ खरानी हल्का बालुवा र नयाँ माटोले छोपी सुकेको पराल (छापो) प्रयोग गर्दै माटोको अवस्था हेर्दै सिंचाई गर्ने। यो खेतीले धेरै चिसो सहन नसक्ने हुँदा पानी जम्मा हुन नदिने। विरूवा उम्रेपछि छापो झिकिदिने र हप्ता दिनको अन्तरमा आवश्यक अनुसार ढुसीजनक किटनाशक विषादी छर्ने। यदि विरुवा कमजोर तथा पहेंलो भएमा बेर्नामा नै भिटामिन, मल्टिप्लेक्स लगायत यूरिया प्रति लि। स्प्रे गर्ने। बीउ छर्ने उमार्नेमा जर्मिनेशन ट्रे पनि प्रयोग गर्न सकिन्छ।

विरूवा लगाउने तरिका :
राम्ररी खेत तयार गरिसकेपछि बहुवर्षिय रुपमा लाइनदेखि लाइनको दूरी ९० से. मि. र विरुवा देखि विरुवाको दुरी ६० से. मि. वर्सेवाली ६० /६० र बसन्ते ६०/४५ से.मिटर कायम गरी प्रति बोटमा २ केजी सम्म कम्पोष्ट मल, ५ ग्राम डीएपी , पोटास कृषि चुन र किराको प्रकोप हुने भएमा केहि विषादी लगाउँदा हुन्छ। अकबरे खुर्सानी लगाउँदा अरु खुर्सानी भन्दा पृथक दूरीमा लगाउनु पर्दछ। विरूवा बेलुकीपख लगाउँदा उत्तम हुन्छ। साथै जराहरू नबिग्रने गरी राम्ररी थिचेर हिउँदमा वरिपरि सानो खाल्डोको आकार बनाइदिने यदि सुख्खा हुन्छ भने फेदमा सोत्तर परालको छापो दिनु उपयुक्त हुन्छ।

सिंचाई र गोडमेल :
आवश्यकता अनुसार माटोको अवस्था हेरी पानी दिनुपर्छ। १०-१५ दिनको अन्तरमा पानी दिनु पर्छ। ढुसी रोग लाग्ने हुनाले फेदमा पानी जम्मा हुन दिनु हुँदैन। त्यसैले होसियारपुर्वक पानी तर्काउने व्यवस्था मिलाउनु पर्छ। निकासको राम्रो व्यवस्था मिलाई बर्सादमा ६-१२ इन्चसम्म ड्याङ्को उचाई राख्नुपर्छ। विरुवा सारेको १०-१५ देखि २०-२५ दिनसम्म माटोको अवस्था हेरी खुकुलो पार्ने, झारपात हटाउने गर्नुपर्छ। बहुवर्षिय बाली हो भने प्रशस्त गोडमेल प्रयोग गर्ने काँटछाट गर्ने, बोटको तल्लो भागको बाक्ला, पहेँला नचाहिने मुना हटाइदिने जस्ता काम गर्नु पर्दछ। अझै खुर्सानीको उत्पादन बढाउन को लागि 3G कटिङ्ग तरिका पनि अपनाउन सकिन्छ।

खर्सानीमा 3G कटीङ्ग :
branch 2nd gen., Lateral branch बाट आएको branches 3rd gen/3G. विरुवा ५-६ इन्चको भएपछि pinching गरिदिने। (Remove apical bud) यसै गरी केही दिन पछि खुर्सानीको बोटले हाँगा हालेको देख्न थालिन्छ। त्यो हाँगाहरूलाई पनि पिंचिङ गरिदिने जसलाई 2G कटिङ्ग भनिन्छ। हाँगाबाट आएका हाँगालाई त्यसै गरि हटाउँदै जाने जसलाई 3G cutting भनिन्छ। १५-२० दिनको अन्तरमा कम्पोष्ट मल तथा सिंचाई गर्नु पर्छ। जति धेरै हाँगाहरू बढ्दै जान्छ त्यति नै फल लाग्ने गर्छ र जति धेरै फल लाग्यो त्यति नै उत्पादन खेती बढ्दै जान्छ।यो तरिका प्रयोग गरेपछि खुर्सानीको बोट पहिलाको भन्दा झुम्म अनि धेरै फूल लाग्दै उत्पादन बढ्छ।

बाली संरक्षण :
खुर्सानी बालीमा ब्याक्टेरिया, ढुसी अथवा भाइरस देखिएमा विभिन्न प्रकारका रोगहरू देखिन सक्छन्। रोग लागिसकेपछि यो गर्छु त्यो गर्छु भन्दै उपचार गर्न त सकिन्न तर रोगथाम र व्यवस्थापन चाहिँ पक्कै गर्न सकिन्छ। उक्त बालीमा लाग्ने मुख्य मुख्य रोगहरू र तिनको रोकथाम यस प्रकार रहेका छन्।

डढुवा तथा ढुसीबाट हुने रोग :
१. सुरुमा पानीले भिजेजस्तो हल्का खैरो भई पछि गाढा खैरो वा कालो रङ्गमा बदलिन्छ। अनुकुल वातावरणमा त्यस्ता थोप्लाहरु वृद्धि भई बोटलाई डढाइ दिन्छ। ओसिलो अवस्थामा फलको तल्लो भागमा सेतो सेतो ढुसी देखिन्छ। फलमा खैरो कालो दागहरू देखा पर्छन् भने बेर्नामा हुँदा डाँठ कुहिएको लक्षण देखिन्छ।

व्यवस्थापन विधि :
रोग लागेका बोटहरू हटाउने, जलाउने, बाली सफा राख्ने। स्वस्थ बीउ मात्र प्रयोग गर्ने। रोग देखा पर्न थालेपछि कपर अक्सीक्लोराइड ब्लाइटक्स, मेनकाजेब डाईथेन ४५, २-३ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कने।

कोत्रेरोग :
यो रोग लाग्दा मुन्टा र फल दुवैमा बाटुला काला रोग देखिन्छन्। बोटको टुप्पा माथिबाट सुक्दै आउँछ जसले गर्दा पुरै हाँगा सुकेर मर्दछ। यो रोग बिस्तारै बढ्दै गएपछि फल कुहिने र बोट मर्ने हुन्छ।

व्यवस्थापन तथा रोकथाम :
रोगी फल तथा बोटहरू जलाई नष्ट पार्ने, रोगी बोटको फलबाट बीउ नराख्ने, बाली सफा राख्ने, डाईथेन एम ४५ वा ब्लाइटक्स ५० 3 ग्राम १ लिटर पानीमा मिसाई १५ दिनको फरकमा २-३ पटक छर्नु पर्दछ।

ब्याक्टेरियाबाट ओइलाउने रोग :
बोटहरू सर्लक्क ओइलाउने हुनाले त्यस्तो बोटलाई सफा पानीमा डुबायो भने सेतो संकाडू निस्केर पानीमा घोलिन्छ र धमिलो देखिन्छ।

व्यवस्थापन र विधि :
रोग अवरोधक जात लगाउने। फरमानिल १० एम. एल. वर्गमिटरमा माटोको उपचार गर्ने र १० ग्राम फोरेट राखी प्लास्टिकले ३ दिनसम्म छोपी दिने। चैत्र वैशाखको घाममा खेत जोतेर छोड्ने र जमीनमा सोत्तर झारपात राखी जलाइदिने।

मोज्याक भाइरस रोग :
खुर्सानीको लागि निकै हानिकारक मानिने यो रोग नर्सरीबाट पनि सुरु हुन सक्छ। पात पहेंलो र बटारीएको जस्तो, बोट वृद्धि राम्रो हुँदैन र फल कम लाग्न सक्छ। यो रोग किराहरुको माध्यमबाट छिटै नै एक ठाउँबाट अर्को ठाउँमा सर्दछ।

व्यवस्थापन :
रोगको लक्षण देख्ने बित्तिकै बोटलाई काटेर खाडलमा पुरिदिने तथा जलाइदिने। किरा हटाउनको लागि किटनाशक औषधि र मालाथायन्, मेटासिट आदि स्प्रे गर्ने। स्वस्थ बीउ प्रयोग गर्ने।

किराहरु र तिनको रोकथाम :
थ्रिप्स किरा :
यो एकप्रकारको मसिनो किरा हो। माउ र बच्चाले कोत्रेर ठाउँ बनाई निस्केको रस चुस्छन्। कोत्रेको ठाउँमा खैरो धब्बा देखिन्छ। यसले एक विरुवाबाट अर्कोमा सार्ने काम पनि गर्छ। पातलाई धर्का पारेको ठाउँमा नियालेर हेर्दा मात्र किरा देखिन्छन्।

नियन्त्रण :
मालाथायन् जस्ता औषधि प्रयोग गर्ने, क्षति कति भइरहेको छ भन्ने थाहा पाई पटक पटक स्प्रे गर्ने।

फेव कटुवा :
उक्त किरालाई खुम्ले किरा पनि भनिन्छ। भर्खर सारेका बिरुवाका फेद काटेर लार्भा अवस्थाका किरालाई नोक्सान गर्ने गर्दछन्। यो किरा वयस्क अवस्थामा खैरो कालो रङ्गको पुतली जस्तो हुन्छ। यो माटो मुनी बस्दछ।

नियन्त्रण :
रोप्नु वा बेर्ना सँग क्लोराइ डेन् ५% धुलोले प्रतिरोपनी १ किलोको दरले उपचार गर्ने। बेर्ना सारिसकेपछि पनि यो रोग देखियो भने मालाथिएन वा सुमिथायन् प्रयोग गर्ने गोठेमाल वा कम्पोष्ट मल पाकेको मात्र प्रयोग गर्ने।

लेखक : मनिषा रायमाझी पूर्वाञ्चल कृषि क्याम्पस झापामा अध्ययनरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.