• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

खेतबारीमा विषादीको प्रयोग र असर

admin २०७७, असार, ३

किसानले खेतबारीमा लगाउने विभिन्न बालीनालीको सुरक्षाको लागि शत्रुजिबको विरुद् प्रयोग गर्ने रासायनिक बस्तुलाई सामान्यत विषादी भनिन्छ। यसरी विषादी प्रयोग गर्दा मानब स्वस्थ लगायत बाताबरणमा पर्ने असरहरु बिकराल छन्। तरकारी र फलफूलमा जथाभावी विषादी प्रयोगले किसान र उपभोक्ताको स्वास्थ्यमा घातक जोखिम बढाएको छ। विषादी अवशेष धेरै रहेका फलफूल र तरकारी बजारमा आइरहँदा शहरी क्षेत्रका उपभोक्ताको स्वास्थ्यमा बढी जोखिम थपिदै गएको छ।

ब्यबसायिक खेतीको विकास संगसंगै खाद्यान्न तथा तरकारीमा प्रयोग गरिने विषादीको मात्रामा पनि वृद्धि हुदै गएको छ। सबै किसिमका रासायनिक विषादीले किसान तथा उपाभोक्ताको स्वास्थमा नकारात्मक असर पार्ने भएपनि धेरैजसो किसानलाई विषादीको किसिम ,खतरा , प्रयोग गर्दा अपनाउनु पर्ने सतर्कता र त्यसले निम्ताउन सक्ने हानि सम्बन्धि ज्ञानको कमि पाइन्छ। २०१५ मा प्रकाशित एक रिपोर्टको अनुसार बिगत १५ बर्षको तथ्यांक हेर्दा विषादीको आयात सात गुणाले बढेको पाइएको छ। २०१८/१९ मा मात्र नेपालमा ६३५ मेट्रिक टन विषादी आयात र प्रति हेक्टर ३९६ ग्राम खपत भएको थियो। फलफुल तथा तरकारी टिप्ने समय नजिक आइसक्दा पनि बिसधि प्रयोग गर्ने र टीपिसकेपछि समेत ताजा देखाउन बिभिन्न किसिमका हानिकारक रासायनिक बस्तुहरुको प्रयोग भएको पाइन्छ। विभिन्न अध्यनका अनुसार नेपालमा ५०% भन्दा बढी किसानहरुलाई बिसधिको सुरक्षित प्रयोग कसरि गर्ने भन्ने बारे थाहा नै छैन। तरकारी र फलफूलमा विषादी आवश्यक भएपनि सहीरुपमा प्रयोग नगर्दा खतरा बढेको हो । विश्वका अन्य देशको तुलनामा विषादी प्रयोगको मात्रा नेपालमा कम भए पनि व्यवस्थित नहुँदा किसान तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हो ।

विषादी प्रयोग गर्दा प्रत्यक्ष असर किसानलाई पर्ने भए पनि अधिकांश किसान अनभिज्ञ रहेका छन् । उनीहरू बालीमा विषादी छर्दा हात–मुख र छालालगायत शरीरका भागहरू छोप्न मास्क, चश्मा आदि लगाउँदैनन्। धेरै किसानलाई प्रयोग गर्दा हुने नोक्सान बारे ज्ञान नहुँदा क्यान्सरजस्ता खतरनाक रोगको सिकार बन्न पुगेका छन ।यस्तै, विषादीका कारण कतिपय पन्छी पनि लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समयमा अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको चिकित्सक बताउँछन् । बालबालिकामा रगतको क्यान्सर, छालाको क्यान्सर हुने गरेको भेटिएको छ । महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, सुस्तः मनस्थिति बन्ने लगायतका खतरा विषादीको प्रयोगका कारण हुने गरेको बिज्ञहरु बताउछन।

विषादी प्रयोग गर्दा किसानले ध्यान दिनुपर्ने कुराहरु :
किसानले तरकारी तथा फलफूलमा विषादी प्रयोग गर्दा मास्क, पन्जा लगाउने, विषादी राखेको बारीनजिक चुरोट नखाने, हात राम्रोसँग साबुनपानीले धुने गर्दा विषादीको असर कर्ने विज्ञको सुझाव रहेको छ ।
१. विषादीको सहि मात्रा कति हो राम्रोसंग बुझेर तेही अनुसार उचित मात्रा पानीमा मिसाएर प्रयोग गर्ने।
२. विषादी खरिद गर्दा एग्रोभेट ,बिक्रेता तथा बिज्ञ मार्फत सम्पूर्ण जानकारी लिएर मात्र खरिद गर्नु पर्दछ।
३. विषादी प्रयोग गर्दा टोपी, चस्मा,माक्स पञ्जा र पुरा शरीर ढाक्ने गरि कपडा लगाउनु पर्छ । माक्स नभएको खण्डमा कुनै कपडा मुख र नाक छोप्ने गरि बेर्नु पर्दछ।
४. विषादीलाई नाङ्गो हातले छुनु हुदैन र विषादी राख्ने मेसिन अथवा भाडा नचुहिने र सुरक्षित हुनुपर्छ।
५. विषादी छर्ने व्यक्तिले विषादी छरीसकेपछि साबुनपानीले राम्रोसँग नुहाउनु पर्छ र विषादी प्रयोग गर्दा लगाएको कपडा सावुनपानीले राम्रोसँग धुनु पर्दछ ।
६. विषादी छरिसकेपछि मेसिन तथा भाडाहरुलाई पानीले राम्रोसंग सफा गर्नुका साथै विषादीको भाडा पखालेको पानीलाई जथाभावी नफाली उचित ब्यबस्थापन गर्नुपर्छ।
७. विषादी प्रयोग गरेपछि तरकारी तथा फलफुल निश्चित समयसम्म पर्खिएर मात्र टिप्नु पर्छ । विषादी छरेको केहि दिन सम्म खाद्यान्न टिपेर बजारमा बेच्नु हुदैन।
८. विषादी बचेको खण्डमा विषादीलाई राम्रोसँग बन्द गरेर बालबालिकाले नभेट्ने ठाउँमा सुरक्षित साथ राख्नुपर्छ ।

उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरु :
१. बजारबाट तरकारी वा फलफुल खरिद गर्दा बिक्रेता संग राम्रोसंग सोधपुछ गरेर हेर्दा ठुलो ,हरियो ,आकर्सक भन्दा पनि सानो ,खुम्रिएको कम विषादी प्रयोग भएको जस्तो देखिने तरकारी खरिद गर्ने।
२. तरकारी या फलफूल किनेर घरमा ल्याईसकेपछि तेस्लाई तातोपानीमा १५-२० मिनेट सम्म डुबाएर राख्ने अनि राम्रोसंग पखालेर मात्र प्रयोग गर्ने।
३. एक चम्चा नुन अथवा भिनेगर एक लिटर पानीमा राख्ने र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी या फलफूललाई डुबाएर राख्ने अनि तेस्लाई पखालेर सेबन गर्ने।
४. धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने भएकाले तरकारी वा फलफूलको बाहिरको बोक्रा छोडाएर प्रयोग गर्ने।
५. बेमौसमी फलफूल र तरकारीमा अलि बढी विषादी प्रयोग हुने भनेकोले सकेसम्म मौसमी तरकारी र फलफुललाइ प्राथमिकता दिने।

घरेलु विषादी को प्रयोग :
घरेलु विषादी गाउँमा पाइने सयपत्री, टिमुर, असुरो, हात्तीबार, सिमली, लसुन, अकबरे खुर्सानी, तितेपाती, सूर्ती, बकाइनो, गोदावरी फूल, बोझो, सिस्नुलगायतका वनस्पतिको मिश्रणवाट बनाउन सकिन्छ। यी सबै वनस्पतिलाई टुक्राएर एउटा ड्रममा खाँद्नुपर्छ र एक महिनासम्म हावा नछिर्ने गरी राखेर तयार भएको विषादी जति नै गहुँत फिट्नुपर्छ । विषादीलाई एक भागमा २० भाग पानी हालेर प्रयोग गर्नुपर्छ । यसरी छार्नाले लाही, झुसिलकिरा, भाइरस ,काक्रो, फर्सीको धुले ,ढुसी रोग ,पात बटार्ने रोग आदिलाई रोकथाम गर्न सकिन्छ। त्यसैगरी बिरुवाको फेदमा फुको खरानी छर्ने अथवा पानीमा खरानी घोलेर छर्ने गरेमा संखेकिरा काट्नेकिरा जस्ता किराहरुको नियन्त्रण गर्न सकिन्छ। एक भाडा पानीमा नुवाउने वा कपडा धुने साबुन हालेर उमाल्ने अनि तेस्मा चिसो पानी मिसाएर झोल बनाएर को विषादी रुपमा प्रयोग गर्न सकिन्छ। त्यसैगरि बजारमा पाइने विभिन्न किसिमका किरा चप्काउनि र मार्ने पासाहरु को प्रयोग बाट पनि किराहरुको नियन्त्रण गर्न सकिन्छ।

लेखक : अस्मिता न्यौपाने Msc.Ag , First semester ,TU, Kritipur

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.