Jankari Kendra
१२ आश्विन २०८३, सोमबार
Worldlink

काठमाडौँमा व्यवसाय गर्दै हुनुहुन्छ ? हेर्नुहोस् अब कुन व्यवसाय गर्न कति कर तिर्नुपर्छ ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, १२
काठमाडौँमा व्यवसाय गर्दै हुनुहुन्छ ? हेर्नुहोस् अब कुन व्यवसाय गर्न कति कर तिर्नुपर्छ ?

काठमाडौँ | काठमाडौँमा बसेर व्यापार व्यवसाय गर्न काठमाडौं महानगरपालिकाले नयाँ आर्थिक वर्षको लागि व्यवसायको प्रकृतिका आधारमा दर तोकेको छ ।महानगरपालिकाले तोकेको दररेट अनुसार व्यापारिक वस्तु, विशेषज्ञ सेवा, उत्पादनमूलक उद्योग, कृषि तथा खाद्यान्न, होटल, पर्यटन तथा मनोरञ्जन व्यवसाय, सञ्चार सेवा तथा व्यवसाय, वित्तीय सेवा, स्वास्थ्य सेवा, शिक्षा तथा तालिमसम्बन्धी व्यवसाय, मर्मतसम्भार व्यवसाय, निर्माण सेवा तथा अन्य व्यवसायलाई व्यवसायको आकार र प्रकृति अनुसार व्यवसाय कर तोकिएको हो ।

महानगरपालिकाले तोकेको दर अनुसार सबैभन्दा बढी कर डिपार्टमेन्टल स्टोरले तिर्नुपर्ने भएको छ । तोकिएको करको दर अनुसार १० हजार बर्ग फिट भन्दा बढीमा संचालित डिपार्टमेन्टल स्टोरले १ लाख २५ हजार कर तिर्नुपर्ने हुन्छ भने बिजनेश मार्टले १ लाख तिर्नुपर्ने हुन्छ ।

महानगरपालिकाले मदिरा आयातकर्ताले व्यवसाय करबापत वार्षिक ३० हजार रुपैँयाँ महानगरलाई बुझाउनुपर्ने मूल्य तोकेको छ । त्यस्तै सुर्तिजन्य पदार्थको व्यवसाय गर्नेले २५ हजार रुपैयाँ बुझाउनुपर्छ ।

कुन व्यवसाय गर्नेले कति कर तिर्नुपर्छ तल हेर्नुहोस्

Top Changing Nepal

युट्युब सट्स