• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ २५, २०८२
शनिबार, माघ २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • ९. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

अनार खेती प्रविधि

अनार एक उष्ण र उपोष्ण प्रदेशीय हावापानी मा पाइने फलजन्या वनस्पति हो। खासगरी चीन जापान अमेरिकाकाे क्यालिभोनिया र केही समय यतादेखि भारतमा समेत यसको व्यवसायिक खेती हुँदै आएको देखिन्छ। नेपाल मा १५०० मीटर सम्म को उचाईमा अनार को बोट करेसाबारी मा लगाएको भेटिए पनि यसको व्यवसायिक खेती भने अझसम्म भएको पाइँदैन।

अनारको बोट करिब ५-६ मीटर अग्लो हुन्छ तर उचाई जात अनुसार फरक हुन सक्दछ। साधारणतया: फल गोलो देखि लिएर अण्डाकार सम्म पाइन्छ। अनार को बोक्राको रंग सेतो, पहेंलो देखि लिएर रातो रंगको पाउन सकिन्छ तर फलको रंग हावापानीमा निर्भर गर्दछ। जात अनुसार बोक्रा पात पातलो हुन्छ भने कुनैको अलि बाक्लो पनि हुन सक्दछ। वनस्पति विज्ञान का अनुसार यसको फललाई बालाउष्टा भनिन्छ यसमा हजारौ को संख्यामा बीउहरू हुन्छन् । यिनै बीउको वरिपरि अतिक बाक्लो रसले भरिएको र कमलो भाग हुन्छ जुन भाग हामीले खाइन्छ।

प्रयोग:

अनारको फलभित्र बीउको वरिपरि हुने भाग खाना भयोग हुन्छ। यसको फलको ६८ प्रतिशत जति भाग खान योग्य हुन्छ। अनार को फल मा ७८% पानी, १६% प्रोटीन, ०.१% चिल्लो पदार्थ, ५.१% फाइबर, १४.५% कार्बोहाइड्रेट र क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन बी एबं भिटामिन सि प्रसस्त मात्रामा पाइन्छ। अनारको रस कुष्ठरोग का लागि फाइदाजनक हुने बताइन्छ। यसको फलभित्रा को दाना (गेडा) मा १५% जति तेल हुनेहुँदा औद्योगिक प्रयोजनमा समेत प्रयोग गरिन्छ। रक्तअल्पता भएका रोगीलाई यसको रस ले फाइदा गर्दछ भने फलको बोक्राको रस कपडा रंगाउन उपयोग हुन्छ।

हावापानी:

विभिन्न प्रतिकूल हावापानी सहन सक्ने भएतापनि समुद्र सतहदेखि १८५० मिटरसम्मको उचाईमा सफल रूपमा खेती गर्न सकिन्छ। हिउँदमा चिसो हुने ठाउँमा उपयुक्त मानिन्छ। हिउँदमा पात झर्ने भएकाले केही मात्रा मा तुषारो सहन सक्दछ। करिब १८ डि. से. तापक्रममा फल गुणस्तरयुक्त हुने र फलको रस बढी गुलियो हुन्छ। तापक्रम र आद्रता मा धेरै तलमाथि भएमा फल धेरै चर्किन्छ। वार्षिक वर्षा ५००-६०० मि. मी. चाहिन्छ। र यसको यसले सुख्खा पनि सहन सक्छ।

माटो:

सबै किसिमको माटोमा खेती गर्न सकिएरता पनि पानी नजम्ने खेतको छोमत बलौटे माटो उपयुक्त हुन्छ। अन्य फल उत्पादन गर्न नसकिने कमसल खालको बढी चुन र लबन्युक्त माटोमा पनि खेती गर्न सकिन्छ।

जातहरु :-

१. पेपरसेल ( paper shell) :-
पात मझौला र बोक्रा बाक्लो हुन्छ। बीउको खाने भाग राती गुलाबी रङको, स्वाद गुलियो र बिउ नरम हुन्छ।

२. बेदाना (Bedana):-
फलको मध्यमदेखि ठूलो बोक्रा खैरोदेखि सेतो गुदि भएको, सेतो र गुलियो रसदार हुन्छ, बिउ नरम हुन्छ।

३. कन्धारी (Kandhari):-
फल ठूलो बोक्रा गाढा रातो बीउको बाहिरी भाग रगतजस्तो रातो, बिउ कडा र रस अलिकति अमिलो हुन्छ।

४. मस्कार रेड (Muskat Red):-
फलको आकार सानो, मझौला र बोक्रा हुन्छ। खाने भाग नरम, रस गुलियो र बिउ नरम हुन्छ।

५. धोल्का (Dholka):-
फलहरू ठूलो , बोक्रा हरियो – सेता, बीउको बाहिर खनेभाग हल्का रातो – सेतो बिउ नरम र रस बढी अमिलो हुन्छ।

६. काबुल (Kabul):-
फल ठूलो, बोक्राको बाहिर भाग रातो- पहेंलो बीउको बाहिर भाग बढी रातो बाक्लो र धेरै हुन्छ। रस आली तिती हुन्छ ।

६. अन्य जात हरु :-
गणेश, मास्कार ह्वाइट (Muskat White) जाति आदि।

प्रसारण विधि:-

बीउबाट प्रसारण गर्दा पूर्ण रूपमा पाकेको अनार बाट बिउ झिकी नर्सरी वा पोलिथिन थैलामा रोपी बेर्ना तयार गरिन्छ। बीउबाट। सजिलै प्रजनन गर्न सकीयता पनि विभिन्न कारणहरू ले गर्दा सो गरेको पाइँदैन। वनस्पति विधिका कटिङ्ग र जुटीबाट प्रजनन गरिन्छ। व्यवसायिक प्रयोजनका लागी कटिङ्ग विधि अपनाइन्छ। यसमा २०-२५ से.मी. लामो परिपक्क हाँगा लिई एक तिहाई भाग भुई भन्दा माथि हुने गरी नर्सरी मा रोपनी पर्दछ। वातावरण नियन्त्रण गर्न नसकिने ठाउँमा जेठ – आषाढ तिर र अनुकूल वातावरण मा माघ – फागुन तिर कटिङ्ग लिइन्छ। बगैचा मा रोप्न १-२ वर्षभित्र तयार हुन्छ।

जग्गा को तयारी तथा बोट लगाउने तरिका:-

४-५ पटक खनजोत गरी जग्गा तयार गर्नु पर्दछ। बोट लगाएर ४-५ मीटरको दूरीमा ६० घन सेन्टिमिटर को खाडल तयार गरी केहीदिन खुल्ला छाडी त्यसपछि २० के.जी. प्राङ्गारिक मल, ५०० ग्राम सुपर फस्फेट र २५० ग्राम म्युरेट अफ पोटास खाडलको माथिल्लो सतहको माटोसँग मिश्रण गरी खाडल पूर्नु पर्दछ।बिरुवा जेठ – आषाढ र पौष- माघ महिना मा सार्न सकिन्छ। माटो सारीसके पछि सुरुमा १-२ हप्तासम्म माटोको चिस्यान हेरी सिंचाई गर्नुका साथै टेको पनि दिनु पर्दछ।

मलखात:-

गोबर / कम्पोष्ट (के.जी.) नाइट्रोजन (ग्राम), फस्फोरस (ग्राम) र पोटास (ग्राम) क्रमश: पहिलो वर्ष: १०, १००,२५ र ०० दोस्रो वर्ष २०, २००,२५ र ०० तेस्रो वर्ष ३०, ३००,५० र १०० चौथो वर्ष ४०,३५०, १०० र २०० तथा पाँचौं वर्ष र तत्पश्चात
५०,४००, २०० र २०० दिनुपर्दछ। बर्सात को सुरू मा कम्पोष्ट माल र खरानी दिनुपर्दछ । रासायनिक मल तीन भाग गरी वैशाख – जेठ, आषाढ – कार्तिक र माघ – फाल्गुन महिना मा दिनुपर्छ।

सिंचाई:-

प्रारम्भिक वर्ष हरु बाहेक अरु बेला सिंचाई को त्यति आबस्यकता हुँदैन। तर , माटो को आबस्यकता हेरेर गर्मी मा १५ – २० दिन को फरक मा सिंचाई गर्नुपर्दछ । मलखाद दिएपछि र फल तथा फूल लागिसकेपछि बिरुवालाई सिंचाई को आबस्यकता पर्दछ। माटोमा चिस्यान को मात्र काम भएमा फूल र फल झर्न तथा फल भुट्ने बढी सम्भावन हुन्छ । कुलेसो बनाई सिंचाई गर्नुपर्दछ र पनि जम्न दिनुहुँदैन । बढी सिंचाई भएमा अनार कम फल्ने गर्दछ।

तालिम तथा काटछाँट:-
जमीन बाट ३०-४५ से.मी. को उचाईमा चारैतिर फैलिएका ३-४ वटा हाँगा निस्कन दिन सुरुमानै एक मीटर को उचाई राखी मूल काण्डको टुप्पो काट्नुपर्छ । फेदबाट निस्केका अन्य पनिसरा (हाँगा) तुरुन्तै हटाउनु पर्दछ । सुकेका रोग तथा किरा लागेका, एक अर्का माथि खन्टीएका अन्य अनावस्यक हाँगा हरु काटछाँट गर्नुपर्दछ।

फूल तथा फल को विकास:-

सदाबहार मा एक वर्ष पुगेका हँगाहरुमा पतझर खालका बोटहरू साउन- भदौ मा फुल्छन् । तर कतिपय जापानिज जात हरु वसन्त ऋतु मा नयाँ पालुवा का साथ फुल्छन् अनारमा पोथी भाले र उमायलिङ फूल हरु हुन्छन् । उमायलिङ फूल का पराकरण भाले फूलका पराकारण भाले फूलका भन्दा बढी उर्वर हुन्छन्। पोथी फूलको परागसेचन स्वाघसेचन र परसेचन दुवै कृयबाट हुन्छ। पर्सेचन क्रिया पूरा भएपछि मात्र फलहरूको विकाश सुरु हुन्छ।
फूल तथा फल को विकाश:-

अनारको सदाबहार जात मा १ वर्ष पुगेका हाँगा हरुमा र पतभर स्वभाव का बोटहरूमा नयाँ हाँगा हरुमा फल लाग्दछ। भाद्र मा फुल्दछन् । कतिपय जापानी जातहरु वसन्त ऋतु मा पालुवा का साथ फुल्दछन्।

फल टिप्ने समय :

फूल फुलेको ५-७ फल हरु टिपीछन् । फलहरू पहेंलो र बिउ रातो भएपछि फलहरुलाई औंलाले हान्दा धातुको जस्तो आवाज आएमा फल टिप्नुपर्दछ ।

फल चर्किने समस्या :

पनि काम ले गर्दा फल चर्किने हुन्छ जसबाट दुसी तथा ब्याक्टेरिया हरुको आक्रमण भई फल खान लायक हुँदैन।

व्यवस्थापन:-
क. नियमित रूपमा सिंचाई गर्दा र प्राङ्गारिक मल को प्रयोग बाट समस्या केही कम हुन्छ।
ख. फल केही चाँडै टिप्न सकिन्छ तर केही गुणस्तरमा कमी आउँछ।
ग. माटो मा छापो दिएको खण्ड मा चिस्यान कायम हुन गै चर्किने समस्या कम हुन्छ।

अन्तरबाली :

५/६ वर्षसम्म प्रतिस्पर्धा नगर्ने खालका चना, केराउ, मास, मुङ्ग, तोरी वाली लगाउन सकिन्छ । अनार लाई अन्य बगैंचामा खाली ठाउँ भर्न पनि प्रयोग गरिन्छ।

बाली व्यवस्थापन :

अनार लाई सिंचाई नदिई केही जातहरु खलबालाई दिएमा यसको वृद्धि रोकिन गई पातहरू झर्दछ र केहीसमय पछि फूल लाग्ने कोपिलाहरु को विकास हुन्छ। आफूले कुनै बेला फल लिन चाहेको हो । त्यस्तै अनुसार फुल्ने क्रिया लाई नियन्त्रण गर्नु पर्दछ। हिउँदे वाली लिने हो भने जेठ- आषाढ मा बोटको वरिपरि कुलेसो बनाएर केही दिन बोटलाई सुख्खा रहन दिई त्यसपछि मलजल गर्नु पर्दछ। यसो आषाढ- श्रामण मा फूलहरू फूल पौष- माघ मा फल लिन सकिन्छ । तर उक्त समय मा पानी पर्ने ठाउँमा यो प्रविधि सफल हुँदैन ।

फूल तथा फलको विकास :

अनारको सदाबहार जात मा १ वर्ष पुगेको हागहरुमा र पतझर स्वभावका बोटमा नयाँ हाँगा हरुमा फल लाग्दछ। पतझर खालका बोटहरू श्रावण – भाद्रमा फुल्दछन्। कतिपय जापानी जात हरु वसन्त ऋतुमा मा नयाँ पलुवाका साथ फुल्दछन्।

फल टिप्ने समय :

फूल फुलेको ५-६ महिना मा फल छिप्पिएर पक्नसक्ने हुन्छ। केही जात का अनारलाई औंला ले हिर्काउँदा धातुको भाँडो बजेजस्तो आवाज आउँछ । बीउको बहिरभग को रङ्ग रातो हुन्छ । पाकेको रस मा घुलनशील ठोस को मात्रा १५% जति हुन्छ। सुख्खा ठाउँ मा खेती गर्दा छि्पिसकेको फल लाई धेरै दिन सम्म बोट मा छोड्यो भने फल भुट्ने हुँदा नपक्दै टिप्नु पर्दछ।

पोषण तत्त्व को उपलब्धता :

१०० ग्राम अनारमा पाइने पोषण तत्त्वहरु:

किरा तथा रोग हरु (insect and disease) :

अनार मा ४५ भन्दा बढी प्रजाति का किरा हरुको आक्रमण गर्ने गरेको पाइन्छ। साथै दर्जनौं रोगहरू पनि समस्या को रूपमा रहेको वैज्ञानिकको दाबी छ। कुराहरू तथा रोग हरुको संक्रमण बगैचा को सरसफाइ भौगोलिक अवस्था तथा अन्य व्यवस्थापन पक्ष ले असर गरेको हुन्छ। अनारको प्रमुख समस्या को रूपमा अनारको पुतली (फूल मा प्वल पर्ने किरा) हो भने त्यस पस्चात अनार को बोक्रा खाने झुसिलकिरा, जरामा लाग्ने धमिरा, लाहि किरा, सेतो पुतली, स्केल किरा, थिप्स आदि हुन्।

किरा (insect) :

१. अनार पुतली ( pomegranate butterfly ) :
अनार बालीमा सबै भन्दा बढी क्ष्यति गर्ने किरा हो । पोथी पुतली ले फूलको सतह मा दिनको समय मा फूल पर्दछ र केही दिनमा उक्त फूल बाट लार्भा (caterpiller) निस्कन्छ विस्तार विस्तार खाँदै प्वल पारेर फल भित्र पस्दछ । भित्र गएर अनारको विया खाएर सक्छ र भित्र सम्पूर्ण लार्भा को दिशा (Excreta) ले भरिएको हुन्छ । विभिन्न अनुसन्धानबाट यसले अनार बगैचा लाई ६०-७० % सम्म क्षति गरेको पाइन्छ।

व्यवस्थापन :-

 यसबाट बचाउन फल लाई सानो अवस्थामा नै प्लास्टिक अथवा तेलमा डुबाएको खबर पत्रीका/ कागज ले राम्रो संग थैला बनाएर ठक्नु पर्दछ, जसले गर्दा पुतालिने फुल पार्ने पाउँदैन नोक्सान हुन पाउँदैन ।
 भाले पुतली लाई आक्रमण गर्ने मोहनी पसो थपेर भाले लाई नष्ट गरेर व्यवस्थापन गर्न सकिन्छ ।
 यस्ता तरिका बाट नियन्त्रण गर्न सकिएन भने मात्र रासायनिक प्रयोग गर्नु पर्दछ।
 मेटासिड १ मी ली/लि पानी मा कार्वाराइल ०२५ अथवा फस्फोरस ०.०३५ प्रत्येक
१५ दिनको फरकमा स्प्रे को सहायता ले छर्केर पनि व्यवस्थापन गर्न सकिन्छ।

२. अनार को बोक्रा खाने लार्भा (bark eating caterpillar) :

यसका लार्भा ले खाने र भित्र गई भित्री भाग खाने गर्दछ । राम्रो सँग व्यवस्थापन नभएका बगैचा र बुढा भएका बोटहरूमा बढी समस्या देखिन्छ।

नियन्त्रण :-
 बगैचा सधैं सफा र सुन्दर राख्नु पर्दछ।
 बढी घनत्व र कम व्यवस्थापन भएको बगैंचामा यसको समस्या को रूपमा देखिन्छ त्यसकारण बाक्लो भएका बोटहरू लाई हटाउनु पर्दछ ।
 हाँगा हरुमा लागेको छ भने क्षति भएको मात्र पनि हटाउन सकिन्छ, तर मुख्य काण्ड मा नै लागेको छ भने कपास तार मा बेरेर मट्टितेल अथवा पेट्रोलमा चाबेर प्वल भित्र घुसाउनु पर्दछ र माटोले हावा नपस्ने गरी टाल्नु पर्दछ ।

३. डाठ प्वल पर्ने किरा (stem borer) :
कम व्यवस्थापन भएको बगैचा मा पढी देखिन्छ। लार्भा ले हाँगा तथा काण्ड मा प्वल तर रात मा प्वल बाट बाइर आउँछ र बोक्रा खाने गर्दछ । समाधान को लागि बगैचा सफा सुग्घर राखी व्यवस्थापन राम्रो सँग गर्नु पर्दछ।

४. रस चुस्ने किरा हरु (sap sucker) :
रस चुस्ने कुराहरू जस्तै उदाहरण को लागि लाही किरा (Aphids) थिप्स, स्केल किरा, माइट ,मिली वाग लाई लिन सकिन्छ यिनी हरुले आफ्नो कृतिम अनुसार कलिला पात हरुमा फूल तथा मुनामा बसेर रस चुस्दछन फलस्वरूप कोपिला, फूल तथा स – साना फलहरू खस्दछन ।
व्यवस्थापन:-
बगैचा सधैं सफा र सुग्घर राखी बगैंचाको राम्रो व्यवस्थापन गर्नु पर्दछ। यस्ता कुराहरू लागेको देख्ना साथ। हातले टिपेर फाल्नु पर्दछ तर यो सुरु सुरुको अवस्था मा मात्र सम्भव हुन्छ। नियन्त्रण नभएमा ०.४ % मिनिक्रोटोफम अथवा ०.१ % मालाथिन १०-१५ दिनको फरकमा छर्नु पर्दछ ।

५. पर्खने लार्भा :
क्यस्क पोथी पुतालीले पातको तल्लो भागमा फुलहरू पर्दछन र उक्त फुलबाट लार्भा निस्किई पातमा भएको सम्पूर्ण हरितकर्ण हरु खाइदिन्छ र पातलाई जरा जस्तो बनाइदिन्छ। यसको नियन्त्रण को लागि रोगर १.५ मि.ली प्रति लीटर पानीमा मिलाएर १०-१५ दिनको फरकमा छर्न सकिन्छ।

रोगहरू (Diseases) :

तिमी नेपाल मा अनारमा खासै रोग लागेको पाइँदैन तर पनि विभिन्न रोग ले घछाकदा आक्रमण गरेको पाइन्छ। जस्तै: खडा बालीमा अर्थात् बगैंचामा colletotircum leaf spot (colletotircum gleosporioides), furarium leaf
spot (furarium fussaroides), phomopsis leaf spot cphomopsis जस्ता रोगहरू लागेको पाइन्छ भने फल टिपे पश्चात लाग्ने रोग अर्थात् post harvest disease को रूपमा phomopsis fruit rot (phomopsis sps) Soft rot (Rhizopus arrhizus) Bacterial blight cxanthomonos campestris pv. Pavcea) आदि प्रकोप रहेको पाइन्छ।

यस्ता रोग हरु लाग्न नदिन र लागिसकेको मा नियन्त्रण गर्न रोगी को भागलाई काटछाँट। गरी जलाउनु पर्दछ । रोग्लगेको खण्ड मा १ प्रतिशत को बोर्जे मिश्रिन वा जुइएन येम ४५ वा बेलनेट

फल टिप्ने तथा भण्डारण (Harvesting and storage) :

साधारणतया फूल फुलेको ५-६ महिना मा फल टिप्नु योग्य हुन्छ, तर यो अवधि ठाउँ अनुसार फरक पर्न सक्दछ । तराई तथा गर्मी ठाउँमा यो अवधि छोटो हुन्छ भने मध्य पहाडी जिल्लाहरूमा अलिक लामो हुन्छ, फलको रङ्ग हरियो बाट पहेंलो हुँदै हल्का रातो हुन थालेपछि फल पाक्यो भनेर था पाउन सकिन्छ। अनारको फल पुर्ण परिपक्क भएपछि, फलको रंग पहेंलो रातो भएपछि र फललाई हान्दा धातुको जस्तो आवाज आएमा मात्र फल टिप्नु पर्दछ। फल टिप्दा फलको भेट्नु कैंची (secature) ले काटेर टिप्नु पर्दछ। केही किसान ले फल टिप्ने समस्या बाट बचाउन फल लाई पक्नु भन्दा पहिलेनै टिप्ने गरेको पाइन्छ, तर त्यसो गर्नु राम्रो होइन, फल फल परिपक्क हुँदैन टिपेमा फलमा गुलियोपन र मिठास कम हुने समस्या छ।

अनारलाई साधारण तापक्रम मा पनि केही महिनामा सजिलै भण्डारण गर्न सकिन्छ । १५ दिन ४.५० से भएको शितल र सुख्खा कोठामा १ महिना र ०० से तापक्रम २महिनासम्म सजिलै संग भण्डारण गर्न सकिन्छ। फललाई बेभिष्टन ( ०.२%) को घोलमा डुबाइ भण्डारण गर्दा फल सड्ने रोग लग्दैनभने ०देखि ४० से तापक्रम तथा ८०-९० % सापेक्षित आद्रता भएको कोठा मा भण्डारण गर्दा फल ६महिना सम्म राम्रो सँग राख्न सकिन्छ

उत्पादन (production) :

उत्पादन धेरै कुरामा निर्भर हुने कुरा हो । उत्पादन बगैचा की अवस्थिती, माटो, हावापानी, जात, व्यवस्थापन तथा अन्य कुराहरूमा भर। पर्दछ तर। शुरुका वर्ष हरुमा २५- ३९ दाना / बोट फलेतापनी उमेर बढ्दै जाँदा उत्पादन पनि पढ्दै जान्छ। अनारले २०-२५ वर्ष सम्म उत्पादन राम्रो दिन्छ त्यस पस्चात बिस्तारै घट्दै जान्छ, तर राम्रो व्यवस्थापन मलजल गर्न सक्यो भने यो अवधि लाई अझ १० वर्ष लम्ब्याउन सकिन्छ । करिब १० – ११ वर्ष को बोट ले १००-१५० फल/वर्ष दिने कुरा अनुसन्धान बाट प्राप्त भएको छ। मध्य पहाडमा साधारण तया ८-१० में. ट. हेक्टर सम्म उत्पादन गर्न सकिन्छ।।

ग्रेडिङ तथा प्याकेजिङ (grading and packaging) :

साधारतया अनारको फललाई तीन ओटा ग्रेड मा छुट्याउन सकिन्छ। पहिलो (३५० ग्राम भन्दा माथि), दोस्रो (२००-३५० ग्राम ) र तेस्रो (३०० ग्राम भन्दा काम) तौल भएको हुन्छन् । ग्रेडिङ सँग को आधार मा पनि गर्ने प्रचलन छ । फल को साइज को आधार मा फलहरूलाई कटुन मा मिलाएर राख्नु पर्दछ र टाढा पुर्याउनकलगी तिस्सु पेपर ले फललाई चोपेर कटुनमा राख्दा राम्रो हुन्छ। सुख्खा घाँस अर्थवा कार्टुनको पिहामा र माथि राख्दा राम्रो हुन्छ।
बजार (Marketing) :

हाल सम्म नेपालमा अनारको बजारमा कुनै समस्या देखिएको छैन। नेपालका प्रमुख शहर हरुमा भारतीय अनारको चर्को मूल्यमा बिक्री भएको पाइन्छ। बारहैमास अनारको मूल्य खासै कमी आएको पाइँदैन। अनार फलको रुपमा मात्र नभएर जुस बनाएर पनि बिक्री भइरहेको पाइन्छ । कृषकहरूले उत्पादन गरेको फलफूल, बजार सम्मको ढुवानी, प्याकेजिङ, भण्डारण, लगायतका सुविधाहरु उपल्ध भए/ नभएको आधार मा विभिन्न तह हरु पार गर्नुपर्ने हुन्छ। चिसो गर्दा बीचमा हुने नोक्सानी, खर्च, समय, मुलाफा आदिले गर्दा उत्पादन देखि उपभोक्ता सम्म पुग्दा वस्तुको अवस्था, गुणस्तर र मूल्यमा निकै फरक परिरहेको हुन्छ। बीचमा बिचौलिया हरुले काम परिश्रम मा नै मन्ज्ञा पैसा कमाइरहेका हुन्छन्। तर उत्पादकहरुले पनि खासै मूल्य पाउँदैनन्। भने उपभोक्ताहरुले पनि चर्को मूल्य तिर्न बाध्य हुन्छन्। यसैले उत्पादन – उपभोक्ता दुवै थरीको हकहित संरक्षण गरी अधिकतम फाइदा लिन उत्पादनका साथै बजार व्यवस्थामा समेत उत्तिकै विचार पुर्याउनु पर्दछ ।

निष्कर्ष (Conclusion) :

अनार स्वास्थ का लागि निकै गुणकारी फल हो। अनारको फलमात्र नभएर अनारको रुखका सबै विजमा औषधि गुण हुने बताइन्छ । विवका आदिवासी हरु समेत अनार लाई हर्बल औषधिको रूपमा विभिन्न रूपमा प्रयोग गर्ने गर्दछन्।

अनार खानुका फाइदा:-
१. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुनदिदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायक हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुने विज्ञहरुको भनाइ छ ।

२. मुख भित्र आउने घाउ तथा अनुहारका खटिरा बाट मुक्ति पाउन अनारका पातको प्रयोग लाभदायी हुन्छ। अनारको पात पानीमा उमाल्ने पनि कालो बनेपछि त्यसलाई सेलाउन दिने र उक्त पनि ले नियमित रूपमा मुख कुल्ला गर्ने तथा अनुहारका खटिरा, मुख भित्रको दुर्गन्ध तथा गिजा सुन्निने लगायतका समस्याबाट छुटकारा मिल्छ ।

३. पेट दुखेको छ भने अनारको पातको रसमा अदुवाको रस मिलाएर खाँदा फाइदा हुन्छ ।

४. अनारमा एन्टी अ्सिडेन्ट तत्व पनि प्रयाप्त पाइने भएकाले यसको नियमित सेवनले छिट्टै बुढ्यौली का लक्षण देखिने समस्या समेत काम गर्छ।

लेखक : सुस्मिता के. सी.

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य
‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता
डिभीका लागि नक्कली कक्षा १२ को प्रमाणपत्र, सात जना पक्राउ

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य
  • फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न
  • भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
  • निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.