• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

विदेशबाट गरिने उद्धार उडानको नयाँ कार्यतालिका सार्वजनिक, कुन देशबाट कहिले ? हेर्नुहोस्

भदौ ८, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीको लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार भदौ ९ गते मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ ।

दैनिक ५०० जना नेपालीहरुलाई मात्र उद्धार गर्नेगरि पर्यटन मन्त्रालयले उडान तालिका सार्वजनिक गरेको हो । नयाँ समायोजित तालिका अनुसार भदौ ९ गते साउदी अरेवियाबाट एअर अरेवियाले उडान गर्नेछ । यस्तै १० गते आवुधावीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । ११ गते नेपाल एयरलाइन्सले रियादबाट, दम्मामबाट हिमालयन एयरलायन्स र इस्तानबुलबाट टर्किस एयरले उद्धार उडान गर्ने छन । टर्किस र कतार एयरलाइन्सले एक पटकमा १०० जना भन्दा बढी यात्रुहरु ल्याउन नपाउने भएका छन ।

यसअघि ती एयरलाइन्सहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड मिचेर जहाज भरी यात्रुहरु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी १०० भन्दा बढी यात्रु नल्याउन निर्देशन समेत जारी गरेको छ । यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयले पनि क्लालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्ने छ । १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियाबाट कोरियन एयरले उडान गर्ने निश्चित भएको छ ।

१४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्लालाम्पुरबाट एकसाथ उडान गर्ने छन् । १५ गते नेपालले दुबई र हिमालयनले आबुधावीबाट उडान गर्ने छ । योसँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

उद्धार उडानका लागि यात्रुहरुले पीसीआर रिपोर्ट ल्याउनु पर्ने, पीसीआर टेष्ट गरेको र नगरेकाहरुलाई एकैठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले ७ दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ ।

यस्तो हुनेछ अब उद्धार उडानको व्यवस्था
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दैनिक आगमन यात्रु ५०० जनामा नबढ्ने गरी देहाय बमोजिम नियमित तथा उद्धार -चार्टर) अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन र सोको व्यवस्थापन सम्बन्धमा देहाय बमोजिम गर्ने व्यवस्था मिलाउनेछ ।

पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरहरू मलेसिया, यूएई दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्र संघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान खोलिनेछ ।

पीसीआर परीक्षण सहज नभएका मुलुकहरु जस्तै साउदी अरव, कुवेत, कतार लगायतअन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरू ल्याउन नपाइने व्यवस्था गरिएको छ । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान हुनेछन् ।

नियमित उडानका लागि २०७७ साल भाद्र १६ गतेदेखिको उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गर्ने भएको छ । यसरी नियमित उडानमा आउनेले जहाज चढ्नु ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ भएको भएको प्रमाणपत्र, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेबसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन र्फम भरेर सोको बारकोड वा प्रिन्ट कपी र कम्तीमा सात दिन होटल क्वारेन्टिनमा अनिवार्य बस्ने गरी होटल बुकिङ्गको प्रमाण साथमा लिई आउने शर्तमा उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गर्नेछ ।

पीसीआर पोजेटिभ भएको प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तीमा १४ दिनहोम क्वारिन्टिनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गने निर्णय छ ।

होटल क्वारेन्टिनमा बस्नु पर्नेगरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टिनमा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्च समेत सम्बन्धित यात्रुबाट लिइनेछ । यसरी उठाइएको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित होटललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एअरलाइन्सको हुने भएको छ ।

नियमित उडानमा पीसीआर परीक्षण नगराएका, होटल बुकिङ्ग नगरेका वा अन्य शर्त पूरा नगरेका कुनै यात्रुहरू लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रचलित कानूनबमोजिम कारबाही गर्ने निर्णय पनि भएको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरू बाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिकहरू काठमाडौं उपत्यका भित्रका होटलमा आफ्नै खर्चमा कम्तीमा ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपनछ । तर पीसीआर नेगेटिभ मात्र भएका उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारिन्टिनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्नेछन् ।

एउटै उडानमा पीसीआर नेगेटिभ भएका र पीसीआर परीक्षण नभएका व्यक्तिलाई मिसाएर ल्याउन नपाइने व्यवस्था गरिएको छ । पीसीआर नेगेटिभ भएका र पीसीआर परीक्षण नभएका व्यक्तिलाई एउटै उडानबाट ल्याएमा सबै यात्रु होटल क्वारेन्टिनमा बस्नु पर्ने र होटल क्वारेन्टिनमा लागेको खर्च सम्बन्धित एअरलाइन्सले नै व्यहोर्नु पर्नेछ । यो व्यवस्थाको प्रतिकूल हुने गरी एअरलाइन्सले कुनै काम कारवाही गरेको पाइएमा प्रचलित कानूनबमोजिम सम्बन्धित एयरलाइन्सलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारबाही गर्ने निर्णय भएको छ ।

उद्धार उडानबाट पीसीआर परीक्षण नगरी अन्य परीक्षण गरेर नेपाल आएका व्यक्तिहरू आˆनै खर्चमा कम्तीमा सात दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाट सूचीकृत होटलमा अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्नेछ ।यसरी आएका व्यक्तिहरूलाई क्वारेन्टिनमा बसेको ५ दिनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने र नतिजा नेगेटिभ आएमा थप ७ दिन होम क्वारिन्टिनमा मा बस्ने गरी जान दिइनेछ ।

डीसीसीएमसीबाट होटल क्वारेन्टिनका लागि सूचीकृत होटलहरूको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस परराष्ट्र मन्त्रालयस नेपाल नागरिक उड्डयन प्राधिकरण र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको वेबसाइटमा सार्वजनिक गरिनेछ । विदेशस्थित सबै नेपाली नियोगहरू तथा सम्बन्धित सबै वायुसेवाहरूलाई जानकारी गराइनेछ । उपयुक्त बमोजिमको उडान व्यवस्थापन गर्दा अन्य आवश्यक कुराहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्नेछ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा एकीकृत क्वारेन्टिनको प्रवन्ध तथा व्यवस्थापन गर्न ‘काठमाडौं उपत्यका एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन भएको छ । यसमा गृह मन्त्रालयको सचिव संयोजक छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ११ वा १२ तहको कर्मचारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका उपत्यका हेर्ने राजपत्रांकित प्रथम श्रेणी सरहका पदाधिकारी, काठमाडौं उपत्यकास्थित क्वारेन्टिन रहने स्थानीय तहको प्रमुखले तोकेको प्रतिनिधि सदस्य छन् । गृह मन्त्रालयका सहसचिव सदस्य सचिव छन् । समितिले एकीकृत क्वारेन्टिन प्रवन्ध तथा सञ्चालन सम्बन्धमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन स्थलको पहिचान, सञ्चालन र व्यवस्थापन गर्ने छ । क्वारेन्टिन स्थलको निर्माण, मर्मत लगायतका अत्यावश्यक कार्य शहरी विकास तथा भवन निर्माण विभाग मार्फत गर्ने छ । एकीकृत क्वारेन्टिनको सुरक्षा व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ । क्वारेन्टिनको सञ्चालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको पालना गर्ने गराउने निणय पनि भएको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरूलाई एकीकृत क्वारेन्टिनमा राख्ने र क्वारेन्टिनमा रहँदाको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा क्वारेन्टिन रहेको स्थानीय तहलाई उपलव्ध गराउने व्यवस्था गर्ने निर्णय भएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार भएका बाहेक एकीकृत क्वारेन्टिनमा बस्ने अन्यको हकमा क्वारेन्टिनमा रहँदाको खर्च वापतको रकम डीसीएमसीको सिफारिसमा क्वारेन्टिन रहेको स्थानीय तहलाई कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलव्ध गराउने व्यवस्था मिलाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा ६,००० आइसोलेसन बेडको प्रबन्ध गरिने भएको छ । यसलाई आवश्यकतानुसार थप गर्दै जाने निर्णय भएको छ । काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सङ्क्रमण जोखिमको विश्लेषणका आधारमा आइसोलेसन बेडको प्रबन्ध गरिनेछ । यसका लागि प्रदेश कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (पीसीसीएमसी) र डीसीसीएमसीले आवश्यक समन्वय गर्ने भएका छन् । आइसोलेसन बेडको व्यवस्था र सञ्चालनका लागि आवश्यक बजेट प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलब्ध गराइने छ । आइसोलेसन स्थलको सुरक्षा प्रबन्ध नेपाली सेनाले गर्ने भएको छ ।
सझा सबाल बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?
    • राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै
    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.