केकीको मुडुलो टाउको : कपाल बेच्ने कि अभिनय ?
काठमाडौं: नेपालमा कलाकारले गर्ने मेहनत कपालमा टिकेको छ । केकी अधिकारी नयाँ लुक भन्ने बित्तिकै कलाकारको दिमागमा कि ज्यान बनाउने कि कपाल बनाउने कुरा आउँछ । केही दिन अघि अनमोल केसी र झरना थापाबीच झण्डै मनमुटाव भएको खबर आएका थिए । यसको केन्द्रमा पनि कपाल नै थियो । अनमोलले ‘पारस’का लागि कपाल चाहिने भन्दै ‘ए मेरो हजुर ४’का लागि कपाल काट्न आनाकानी गरेपछि दुवैबीच दूरी बढेको समाचार आएका थिए । तर, अहिले अनमोल कपाल काट्न राजीभइवरी गीत खिच्न से–फोक्सुन्डो पुगिसकेका छन् । तर, यता अनमोलको कपालको किस्साले राम्ररी आराम नपाउँदै केकी अधिकारी कपाल मुण्डन गर्दै समाचारमा आएकी छिन् । आइतबार उनले कपाल मुण्डन गरेको स्टोरी इन्स्टामा राखेपछि उनको कपाललाई लिएर चर्चा सुरु भएको छ । केकीले वैशाखबाट सुटिङ सुरु हुने फिल्मका लागि कपाल मुण्डन गरेको बताएकी छिन् र प्रतिक्रिया लिनका लागि फोटो सार्वजनिक गरेको पनि बताएकी छिन् । धेरै भएको छैन जब सुरक्षा पन्तले यसैगरि ‘आमा’का लागि कपाल मुण्डन गरेकी थिइन् । उनको कपाललाई लिएर पनि त्यत्तिकै हंगामा भएको थियो । तर फिल्म रिलिज भएपछि धेरैले कपाललाई लिएर त्यत्रो धेरै हंगामा गर्नुपर्ने कारण नै भेटेनन् ।
सिनेमाको अन्त्यमा आउने सुरक्षाको कपाल मुण्डन गर्ने दृश्यले सिनेमालाई रत्तिभर पनि फाइदा गर्थेन । तर, निर्माण टिम र सुरक्षाले पनि यसलाई ‘के के न हो’ भन्दै प्रचार गरेका थिए । पोस्टरमै पनि सुरक्षाको अर्धमुण्डित तस्बिर हाइलाइट गरिएको थियो ।
सुरक्षाअघि अभिनेत्री दीपशिखा खड्काले पनि मुण्डन गरेको कुरा ‘क्यास’ गर्ने प्रयत्न गरेकी थिइन् । उनले ‘ प्रेमलीला’ फिल्मका लागि आफूले मात्र मुण्डन गरेकी थिइनन् उनले मुण्डन गर्ने दर्शकलाई पनि उपहारको व्यवस्था गरेकी थिइन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

