कांग्रेस नेता जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने सरकारको घोषणा
जानकारी केन्द्र
२०७७, चैत्र, ६
काठमाडौंः सरकारले नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । आज बिहान नेता जोशीको स्वास्थ्यअवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त कुराको जानकारी दिएका हुन् । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । गत फागुन १४ गते मष्तिष्कघात भएपछि जोशीको उपचार नर्भिक इन्टरनेशनल अस्पतालमा जारी छ । चिकित्सकहरुले उनको स्वास्थ्य स्थिर रहेको बताएका छन् ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


