भारतद्वारा कोभिशील्ड निकासीमा रोक, अरू विकल्प नेपाललाई किन असहज ?
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरलाई नियन्त्रणमा राख्न नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक कतारले आजबाट लागू हुने गरी थप नयाँ कदम चालेको छ ।
कतारले ३३ बुँदे निर्देशन जारी गर्दै सार्वजनिक पार्क, समुद्री किनारा, कर्निसलगायत सार्वजनिक स्थलहरू बन्द गरी त्यस प्रकारका स्थानहरूमा एकै परिवारका दुई जना भन्दा बढिलाई प्रवेश नदिइने जनाएको छ ।
व्यापारिक महलमा हुने क्रियाकलापलाई ३० प्रतिशत सीमित गरिएको भन्दै कतारले १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई महल तथा पार्कहरूमा जान बन्देज लगाएको छ ।
साथै यसअघि झैँ घरबाट बाहिर निस्किँदा चालु अवस्थामा रहेको ‘एथराज एप’ मोवाइलमा अपलोड गर्न पनि निर्देश दिएको छ । त्यस्तै सवारी साधनमा चालक बाहेक ३ जना भन्दा बढी यात्रुले यात्रा गर्न नपाइने निर्देशन दिँदै सवारी साधन वा पैदल बाहिर निस्किँदा मास्क अनिवार्य गरेको छ ।
कतारस्थित नेपाली दूतावासले पनि संक्रमण नियन्त्रणका लागि कतार सरकारले जारी गर्ने निर्देशनहरूको पूर्ण पालना गर्न र कोरोनाको सङ्क्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न नेपाली समुदायमा आग्रह गरेको छ ।
कतारले जारी गरको ३३ बुँदे निर्देशन उल्लंघन गरेमा दण्ड जरिवाना तिर्नुपर्ने भन्दै दूतावासले सचेत र सतर्क रही निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ ।
कतारमा रोजगारीमा रहेका नेपाली कामदारहरू बिदाका दिन एकै ठाउँ भेला भई रमाइलो गर्ने गरेका छन् । दूतावासले सकेसम्म अनावश्यक रूपमा सामाजिक भेटघाट नगर्न र घरभित्र बस्दा पनि ५ जना भन्दा बढी नबस्न आग्रह गरेको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
