भारतमा संक्रमितको संख्यामा फेरी नयाँ रेकर्ड, कतिले गुमाए ज्यान ?
एजेन्सी । कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड बनाइरहेको भारतमा लगातार तेस्रो दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २ दिनमा मात्रै ५ लाखभन्दा बढी संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा ३ लाख ३२ हजार ५०३ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ पुगेको छ । योसँगै अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ ।
कोरोको दोस्रो लहरमा गम्भीर बिरामी र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी २ हजार २ सय ५६ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ ।
त्यस्तै विश्वभर एकै दिन ८ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको कुल संख्या १४ करोड ५३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ९१४ जनाको ज्यान गएको छ । यससँगै कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३० लाख ८३ हजार ९९३ पुगेको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
