• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • २४ घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १ दिन 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ५. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ६. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ७. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ८. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ९. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • १०. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

admin २०७८, असार, १८

काठमाडौं, असार १८ । सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको बैठकले विवाद निरूपणका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको छ।

नेपाल पक्षीय स्थायी कमिटीको बिहीबार बुद्धनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसबाट नेपाल समूह विवाद मिलाउने मामिलामा लचिलो देखिएको संकेत मिलेको छ। बैठकमा पार्टी विवाद र समाधानका विषयमा पाँच घण्टाभन्दा बढी छलफल भयो। ओली पक्षले विवाद मिलाउन केही लचकता देखाएका कारण आफूहरूले पनि वार्ता र छलफलमा जोड दिने निर्णय गरेको बैठकमा सहभागी नेताले बताए। पार्टी एकता पक्षमा आफूहरू इमानदार भए पनि ओली पक्ष खासै इमानदार नदेखिएको विषयमा पनि छलफल भयो।

बैठकमा सदस्यहरूले ओली–नेपालबीच संवाद हुनुपर्ने र त्यसपछि पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधानअनुसार स्थायी कमिटी बैठक डाकेरमात्रै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्नेमा जोड दिए। ‘महाधिवेशन आयोजक कमिटी अवैध थियो। त्यो खारेज भयो ठीक छ। त्यसपछिका सबै गतिविधि र निर्णयहरू खारेज भए। त्यो पनि ठीकै छ। तर केन्द्रीय कमिटी बैठक बोलाउने विषय त नवौं महाधिवेशनको विधानअनुसार स्थायी कमिटी बैठकले हो। अहिलेको अवैध कमिटीले बोलाएको बैठकमा आफूहरू जान अनुपयुक्त हुन्छ। यसले विधि र विधानको झन् खिल्ली उडाउँछ’, वरिष्ठ नेता नेपाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो।

बैठकले पार्टी एकताका लागि वार्ता र छलफलमा जोड दिने बताए पनि ओली पक्षले शुक्रबार बोलाएको बैठकमा भने नजाने निर्णय गरेको छ। बैठकपछि उपाध्यक्ष भीम रावलले ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक अवैध रहेकाले नजाने निर्णय गरेको बताए। ‘पार्टीको विधानविपरीत गठित दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन। वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ’, रावलले भने।

पार्टी एकताका लागि आफूहरू इमानदार भएर लागेको भए पनि ओलीले विधिविधान मिच्दै लगेको र बैठक पनि आपसी सल्लाहमा नबोलाएकै कारण शुक्रबारको बैठकमा सहभागी हुन नसक्ने उनले बताए। रावलका अनुसार नवौं महाधिवेशनपछि र २०७५ जेठ २ गतेको अवस्थामा पार्टी संरचनालाई फर्काउनुपर्ने र तत कमिटीको बैठक बोलाएर गरिने निर्णयमात्रै वैधानिक हुन्छन्। नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

ताजा

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.