लामखुट्टेले मान्छेको रगत किन चुस्छ ? यस्तो छ वैज्ञानिक कारण
विभिन्न रोगका जिवाणुहरुको वाहकको रुपमा रहने लामखुट्टे निकै हानिकारक किरा मानिन्छ । पोथी लामखुट्टे मानिस तथा अन्य जिवजन्तुको रगत चुस्दछ । आखिर लामखुट्टेले मानिसको रगत किन चुस्दछ ? मान्छेको रगत चुस्ने बानी लामखुट्टेलाई कसरी पर्यो ? वैज्ञानिकहरुले यसको जवाफ पत्ता लगाएका छन् जुन निकै अनौठो छ ।
वैज्ञानिकहरुका अनुसार पहिले लामखुट्टेले रगत चुस्दैनथ्यो । लामखुट्टेको शरीरभित्र भएको एक परिवर्तनका कारण विस्तारै लामखुट्टै रक्तपिपासु भएको हो ।
पृथ्वीमा कैयन् प्रजातिका लामखुट्टे छन् । त्यसमध्ये अफ्रिकामा पाइने एडिस एजाइप्टी पनि एक हो । यही लामखुट्टे जिका भाइरसका साथै डेंगु र यल्लो फिबर फैलाउनका लागि जिम्मेवार मानिन्छ ।
प्रिन्स्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यही प्रजातिको लामखुट्टेमा अनुसन्धान गरेका थिए र यो निष्कर्षमा पुगेका थिए कि सबै प्रजातिका लामखुट्टेले रगत चुस्दैनन् र धेरैले आफ्नो जिविकाका लागि अन्य चिजहरु पनि खान्छन् ।
अनुसन्धानकर्ता नोआह रोजका अनुसार अनुसन्धानका क्रममा एडिस एजाइप्टी लामखुट्टेको अण्डा संकलन गरी त्यसबाट लामखुट्टे कोरलियो र त्यसरी जन्मिएका लामखुट्टेलाई प्रयोगशालामा बन्द गरियो । उक्त प्रयोगशालामा मानिस तथा अन्य जिवजन्तुलाई पनि राखियो ता कि रगत चुस्ते विधि लामखुट्टेले सिक्न सकोस् । त्यसक्रममा शोधकर्ताहरुले एडिस एजाइप्टी लामखुट्टेको फरक फरक प्रजातिहरुमा खानपानको तरिका निकै फरक-फरक रहेको पाए ।
नोआहका अनुसार अधिकांस लामखुट्टेले रगत चुस्दैनन् । त्यस्ता ठाउँहरु जहाँ धेरै गर्मी हुन्छ, सुख्खा हुन्छ र पानीको कमी हुन्छ त्यस्ता ठाउँहरुमा लामखुट्टेलाई प्रजननका लागि चिस्यानको आवश्यकता पर्दछ । त्यहीँ चिस्यानको आवश्यकता पूरा गर्नका लागि लामखुट्टेले मानिस तथा अन्य जिवजन्तुहरुको रगत चुस्न सुरु गर्दछ ।
लामखुट्टेको सरीरमा यसरी रगत चुस्ने क्षमताको विकास हुनका लागि हजारौँ वर्ष लागेको ठहर वैज्ञानिकहरुको छ । पानी पर्याप्त हुने ठाउँहरुमा लामखुट्टेलाई प्रजनन गर्नका लागि कुनै समस्या हुँदैन । तर जब लामखुट्टेलाई पानीको कमी महसुस हुन थाल्दछ तब उसले मानिस वा अन्य जीवको रगत चुस्न सुरु गर्दछ । वैज्ञानिकहरुका अनुसार लामखुट्टेले कुनै पौष्टिक तत्वको लागि नभई शरीरमा पानीको अभाव पूरा गर्नकै लागि मानिसको रगत चुस्ने गरेको हो ।
एजेन्सी
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

