Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

पीएसजीको लगातार दोस्रो जित, साविक विजेता लिल नाइसँग पराजित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, श्रावण, ३१
पीएसजीको लगातार दोस्रो जित, साविक विजेता लिल नाइसँग पराजित

३१ साउन,  काठमाडौँ : पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित हात पारेको छ । लिओनल मेस्सीलाई अनुबन्ध गरेपछि पहिलो खेल खेलेको पीएसजीले स्ट्रासबर्गलाई ४-२ ले पराजित गरेको हो । यद्यपि मेस्सी भने खेलेका थिएनन् ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि माउरो इकार्कीले तेस्रो मिनेटमै गोल गरेका थिए । यस्तै किलिएन एमबाप्पेले २५औं, युलियन ड्राक्सलरले २७औं र पाब्लो साराबियाले ८६औं मिनेटमा गोल गरे । स्ट्रासबर्गका लागि केभिन गेमेइरियोले ५३औं र लुडोभिक अयोर्कले ६४औं मिनेटमा गोल गरे ।

स्ट्रासबर्गका अलेक्जान्डर जिकु ८१औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । लगातार दोस्रो जितपछि ६ अंकसहित पीएसजी शीर्ष स्थानमा छ । साविक विजेता लिल भने नाइसँग ४-० ले पराजित भएको छ ।

नाइसका लागि क्यास्पर डलबर्गले पहिलो र ६४औं मिनेटमा गोल गरे । यस्तै हिचेम बोउदाइले पाँचौ र अमिन गौइरीले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । नाइस ४ अंकसहित दोस्रो स्थानमा छ ।

Top Changing Nepal

युट्युब सट्स