अफगानी राष्ट्रपति घानीले देश छोडे
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो । राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।
अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा उनी राजीनामा दिनुपर्ने दबावमा थिए।
यता, तालिवानले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षामा आफूहरु रहेको जनाएको छ । उसले सबै अफगानीको समावेशी सरकार चाहेको जनाएको छ । द गार्जियनले लेखेअनुसार बीबीसीसँग कुरा गर्दै तालिवान प्रवक्ता सुहाइल शाहीनले आफूहरुले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा रहेको बताएका छन् । उनले तालिवानले इस्लामिक सरकार चाहेको पनि बताएका छन् ।
शाहीनले तालिवानले महिलाहरूको सम्मान गर्ने बताए । उनका अनुसार महिलाहरूलाई शिक्षा र काममा पहुँच हुनेछ । उनीहरूले हिजाब लगाउन पाउनेछन् । उनले कसैले पनि देश छाड्नु नपर्ने, आफूलाई सबै सक्षम व्यक्तिहरू चाहिएको र सबै दशमै बसेर सहभागी होऊन् भन्ने चाहेको बताए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
