Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

विराटनगरमा राष्ट्रिय क्रिकेटर सिद्धान्त सम्मानित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, २५
विराटनगरमा राष्ट्रिय क्रिकेटर सिद्धान्त सम्मानित

बिराटनगर, भदौ २५, विराटनगर संवाददाता

नेपाली राष्ट्रीय क्रिकेट टिममा छनौट भइ पहिलो खेलमा नै उत्कृष्ठ प्रदर्शन गरि प्रसिध्दि कमाएका विराटनगरका युवा सिद्धान्त लोहनीलाइ युवा अम्बास्डर २०१५ अवार्डले सम्मान गरिएको छ । आवर विराटनगर डट नेटले यहाँका युवाहरु बिचमा राखेको युवासँग सिद्धान्त “अवार्ड टु सिद्धान्त लोहनि” कार्यक्रममा लोहनी लाइ आवर विराटनगरका निर्देशक विवेक दाहालले प्रमाण पत्र प्रदानगरि सम्मान गरेको हो । कार्यक्रममा क्रिकेटर लोहनीले आफ्नो कथा युवाहरुलाइ सुनाएका थिए । विराटनगरमा गल्ली क्रिकेट खेल्दै हुर्किएका ठिटो कसरी राष्ट्रीय क्रिकेट टिममा छनौट भइपहिलो खेलबाट नै देशविदेशमा चर्चित हुन सफल भयो भन्ने कथा लोहनीले सुनाइरहँदा सहभागी युवाहरुले ताली बजाएर उनको सफलताप्रति सम्मानव्यक्त गरेकाथिए ।11994340_932056240182095_1781084045_n
लोहनीले आगामीदिनमा क्रिकेटलाइ निरन्तरता दिने र यसैमा आफ्नो भविष्य देखेको बताए । उनले भने “सबैले क्रिकेटमा भविष्य छ र भनेर सोध्ने गर्छन तर विस्तारै नेपाली क्रिकेटमा पनि करियरको रुपमा सेट हुँदै गएको छ” ।विराटनगरको कंचनजंगा पार्टि प्यालेसमा आयोजनाभएको कार्यक्रम लाइ युथ फर ब्लड, क्रिएटिभ आई, मेरिल्याण्ड बिबिए, विराट कलेज फर प्रोफेस्नल स्टडिज र कल्पले सघाएका थिए । कार्यक्रमको संचालन ज्वाला दाहालले गरेकि थिइन् ।

Top Changing Nepal

युट्युब सट्स