विदेश पठाउने भन्दै महिला बेच्ने यसरि पक्राउ परे – जानकारी केन्द्र
प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जले भारत गुडगाउँबाट उद्धार भई आएका महिलाहरू बिक्री गर्ने २ जनालाई भदौ २९ गते पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने मोरङ बाहुनी–९ की ३३ वर्षीया कल्पना परियार भन्ने कल्पना लिम्बु र कास्की पोखरा उपमहानगरपालिका–१२ हस्पिटल चोक बस्ने बाग्लुङ तारा–९ का ४२ वर्षीय कृष्ण भन्ने जीतबहादुर दर्जी रहेका छन् । ब्यूरोले कल्पनालाई रामबजार पोखराबाट र जीतबहादुरलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो ।
नेपाली महिलाहरूलाई साउदी अरबमा घरेलु कामदारको रूपमा राम्रो तलब हुन्छ भनि आफ्नै सासुआमा र एक महिला समेतलाई काठमाडौं हुँदै भारतको नयाँ दिल्लीस्थित नेपाली तथा भारतीय दलालहरूको गिरोहलाई बिक्री गरेको र पीडितलाई बन्धक बनाई भारतको गुडगाउँस्थित अपार्टमेण्टमा राखेको भन्ने सूचनाको आधारमा भारतको माइती ईन्डिया र भारतिय प्रहरीद्धारा भदौ २१ गते साउदी अरेवियन राजदुताबासका कर्मचारीको आपार्टमेण्टबाट उद्धार गरी भारत नयाँदिल्लीस्थित नेपाली राजदुतावासको पहलमा भदौ २४ गते नेपाल पठाइएको थियो ।
ब्यूरोले उनीहरुलाई काठमाडौं जिल्ला अदालतसमक्ष पेश हुँदा मानब बेचबिखन तथा ओसार पसार (नियन्त्रण) अपराध मुद्धा दर्ता गरी म्याद लिई अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

