बैंकहरुले बढाए ब्याजदर, निक्षेपकर्तालाई झण्डै १२ प्रतिशतसम्म
काठमाडौं, । बैंकहरुमा रकम अभाव भएपछि बचन र मुद्दतीमा ब्याजदर ह्वात्तै बढाएका छन् । यस आर्थिक वर्षको पहिलो त्रैमासिकबाट ब्याज बढाउने प्रतिष्पर्धा चलेकोमा कात्तिकबाट नयाँ ब्याजदर आउँदा वृद्धि देखिएको छ । बैंकहरुले निक्षेपकर्तालाई झण्डै १२ प्रतिशतसम्म ब्याजदर राखेका छन् ।
११ प्रतिशतभन्दा माथि ब्याजदर दिने घोषणा वाणिज्य बैंकहरुले गरेका छन् । यसबाट ऋण लिनेहरुको ब्याजदर बढ्ने भएको छ ।
निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याजदर हिमालय बैंकले ११.६७ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । एनआइसी एशिया बैंकले र मुद्दतीमा ११.१० प्रतिशतसम्म ब्याज दिने घोषणासहित निक्षेपकर्तालाई आकर्षित गर्न थालेको छ ।
लक्ष्मी बैंकले ११.०५ प्रतिशत, सनराइज बैंकले १०.०७ प्रतिशत, सिद्धार्थले १०.३ प्रतिशत, नेपाल बँगलादेश बैंकले १०.२८ प्रतिशत, सिभिल बैंकले १०.६१, सेन्चुरी बैंकले १०.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।
वाणिज्य बैंकहरुमा अत्याधिक ऋण प्रवाह भएपछि निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाएका हुन् ।
निक्षेपभन्दा कर्जा पाँच गुणा बढीले प्रवाह भएपछि बैंकहरुले रकम तान्न ब्याजदर बढाएका हुन् ।

सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
