नयाँ संविधान संगै फेरिदैछन प्रधानमन्त्रि ७ दिन, सभामुख २० दिन र राष्ट्रपति ३० दिनमा
जानकारी केन्द्र
२०७२, आश्विन, ४
व्यवस्थापिका संसदको चौथो अधिवेशन शबिनबारदेखि अन्त्य भएको छ । शुक्रबार राति ९ बजेदेखि संसद् अधिवेशन सकिने बेहोरा उल्लेख गरेर राष्ट्रपति डाक्टर रामवरण यादवले पठाएको पत्र सभामुख सुुवासचन्द्र नेम्वाङले संसद् बैठकमा पढेर सुनाउनुभएको हो । संसद अधिवेशन स्थगित भएसँगै नयाँ प्रधानमन्त्रीदेखि राष्ट्रपति चयनसम्मको काम पछाडि सरेको छ । संविधान जारी भएको सात दिनभित्र नयाँ प्रधानमन्त्री, २० दिन भित्र सभामुख उपसभामुख र १ एकहिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने नयाँ संविधानमा व्यवस्था छ । संसद बैठक स्थगित भएपछि नयाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिको चयन एक हप्ता पछाडी धकेलिएको छ । अब एक हप्तापछि राष्ट्रपतिले फेरि संसद बैठक आह्वान गरेपछि बल्ल नयाँ प्रधानमन्त्रीको चयन प्रकृया सुरु हुनेछ । यो संसद अधिवेशन गत असार १५ गतदेखि सुरु भएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

