निरन्तर घट्दै सेयर बजार, २५ सय अंकको बिन्दुमा झर्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक बन्द हुँदासम्म ४९ अंकले ऋणात्मक रह्यो । बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन । कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
करिब ५० अंकको गिरावट आएको दिन कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । घटेकामध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २४५ अंकको, जीवन बीमा समूहमा २३० र विकास बैंक समूहमा १८९ अंकको गिरावट आएको छ । यस्तै, आज उत्पादनमूलक १४५ अंकले, वित्त समूहमा ७५ अंक, होटल र टुरिजम समूहमा ६२ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ । बजार घटेपनि आज सामलीङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । जससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढे ५०७ रुपैयाँ पुगेको छ । यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४१३ रुपैयाँ पुगेको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
