Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सेयर बजारमा १०० अंकको पहिरो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २७
सेयर बजारमा १०० अंकको पहिरो

साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक सय अंकको गिरावट आएको छ । दिउँसो साढे १ सम्ममा बजारमा एक सय अंकको गिरावट आएको हो । ४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंकमा आइपुगेको छ । यसक्रममा अहिलेसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । यसअघि, नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार पार्टीको प्रदेश सम्मेलनमा सम्बोधन गर्दै पूँजी बजारलाई साम्राज्यवादको संज्ञा दिएका थिए ।तरलता अभावका कारणले ओरालो गतिमा रहेको बजार प्रचण्डको सम्बोधन आएपछि झनै ओरालो लागेको हो ।

Top Changing Nepal

युट्युब सट्स