किन्डर ओलम्पिक २०७८ दशरथ रंगशालामा सभ्य, भव्य र सफलता पुर्वक सु-सम्पन्न
चैत ६ । किन्डर ओलम्पिक दशरथ रंगशालामा सभ्य, भव्य र सफलता पुर्वक सु सम्पन्न भएको छ। उक्त कार्यक्रममा उपत्यकाका करिब २३ वटा विद्यालयको सहभागीता थियो भने करिब ८५० विद्यार्थी हरुले बिभिन्न खेलकुदमा भाग लिएका थिए। खेल कार्यक्रम ३ बर्ष देखि ६ बर्ष सम्म का बालबालिकालाई लक्षित गरिएर आयोजना गरिएको थियो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर श्री बिद्या सुन्दर शाक्य ज्यू ले बेलुन उडाई तथा ओलम्पियन हरुलाई ओलम्पियन टर्च हस्तान्तरण गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो। उक्त कार्यक्रममा विभन्न ओलम्पिनका साथै बिसिस्ट अतिथि को पनि उपस्थिति थियो।
बालबालिका लाई हौशला प्रदान गर्न डा अन्जान शाक्य (पूर्व इस्रयलि राजदुत ) तथा श्री गुजेश्वोरी ज्यु ले अन्तिम सम्म पनि कार्यक्रम अवलोकन गरि सबै बालबालिका लाई खेल प्रति प्रोत्सहन दिनु भएको थियो। मुख्य प्रायोजक नेपाल स्टेम एलाएन्स रहेको कार्यक्रममा बिभिन्न संघ संथाको पनि प्रायोजन रहेको थियो। सबै खेल बालबालिकाको उमेर सुहाउदो ढंगले योजना तथा कार्यान्वयन गरिएको थियो।
यस कार्यक्रम को मुख्य उदेश्य भनेको सानै उमेर देखि बालबालिकालाई खेल प्रति अभिरुचि प्रदान गर्नु हो र जित्नु र हार्नु भन्दा सहभागिता हुनु नै ठुलो हो भन्ने कुराको महवपूर्ण संदेश पुर्याउनु हो।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


