रजनी सचेतना नेपाल फाउन्डेसनद्धारा आयोजित निःशुल्कआँखा जाँच शिविर
रजनाी सचेतना नेपाल फाउन्डेसनले आज शनिबार काठमाण्डौं स्थित गोगंबुको कामना माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम विहान ८ बजे दृखि दिउसो २ बजेसम्म रहेको थियो । उक्त कार्यक्रममा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क मोतिबिन्दुको शल्यक्रिया, निःशुल्क औषधी एवम् चस्मा वितरण कार्यक्रम भएको हो ।
उक्त कार्यक्रम विभिन्न संघ संस्थाको संयोजक तथा सहयोगमा भएको थियो । सहयोगी संस्थाहरु क्रमशः तिलगंगा आँखा अस्पताल, काठमाडौं सटर व्यवसायी संघ, बानियाँटार युवा समाज, भण्डारी टोल युवा क्लब, नेपाली होटल व्यवसायी संघ, महिला उपकार समाज सुधार मन्च, पञ्चकुमारी युवा क्लब, काठमाण्डौं होटल व्यवसायी संघ, समाज उत्थान महिला मञ्च नेपाल रहेका थिए ।

रजनी सचेताना नेपाल फाउण्डेशन फेब्रुवरी २०१७ मा ऊर्जावान युवा नेता मिस रजनी थापाको सक्षम नेतृत्वमा स्थापना भएको थियो। यो एक गैर नाफामुलक र गैरराजनीतिक, गैर–सरकारी संस्था हो । यसको एउटै उदेश्य नेपाली जनताको सेवा गर्नु तथा सामाजिक, सांस्कृतिक, शैक्षिक तथा स्वास्थ्य सम्वन्धी सचेतना जगाई समृद्ध समाज निमार्ण गर्नु कार्यक्रम मार्फत जनाइएको थियो ।
यस्तै, स्थापना कालदेखी, फाउन्डेसनले महिला, बालबालिका र राज्यको मुल प्रवाहमा आउन नसकेका परिवारहरुलाई सुसंगत सुरक्षा प्रदान गर्ने र सचेत गराउने कार्य गर्दै आईरहेको दावी गरेको छ ।
साथै, फाउण्डेशनले टोखा नगरपालिकाको प्रत्येक वडा र स्याङ्जाको गल्याङ् नगरपालिकाको भानुभक्त आचार्य माध्यमिक विद्यालयमा पिरियड्सको बारेमा मिथकलाई हटाउन एउटा सानो प्रयास स्वरूप विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा बताइएको छ ।
यस्तैगरी, फाउण्डेशनले टोखा नगरपालिकाका विभिन्न वडाहरूमा जेष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। साथै अन्य स्थानमा समेत स्वास्थ्य शिविर संचालन गरेको थियो, जहाँ सामान्य जाँच, सुगर र रक्तचाप परीक्षण, बालरोग परामर्श र निःशुल्क औषधिको निःशुल्क परामर्श गरिएको जानकारी दिए । शिविरबाट करिव २ सय जना लाभान्वित भएको फाउन्डेशनले दावी गरेको छ ।
२०२० देखी विश्वब्यापी फैलिएको महामारीमा फाउण्डेशनले काठमाडौं उपत्यका र कर्णाली प्रदेशका विभिन्न स्थानमा राहत स्वरूप साध्यान्न र लता कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको थियो ।
युवाहरू देशको कर्णाधार हुन् । सचेत युवाले समाजलाई सकारात्मक रूपले बदल्न सक्दछ भन्ने उद्देश्यका साथ फाउण्डेशनले स्याङ्जाको गल्याङ् बहुमुखी क्याम्पसमा युवा लक्षित कार्यशाला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको कार्यक्रम मार्फत जनाइएको थियो ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


