महिन्द्रा स्कर्पियो–एन नेपालमा, यस्ता छन् विशेषता..
काठमाडौं । महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो–एन’ नेपाल र भारतमा विशेष समारोह गरेर सार्वजनिक गरेको छ ।
सन् २००२मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जन हुँदै अब स्मार्ट एसयूभी मोडलसम्म रुपान्तरण भएको छ ।
महन्द्राले स्कर्पियोको नयाँ डिसाइन अल–न्यू स्कर्पियो–एनलाई अनावरण गरेको हो । बहुप्रतिक्षित उक्त एसयूभी सार्वजनिक गर्दै कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन अब्बल रहेको छ ।
त्यस्तै, यो नयाँ ‘ट्विनपिक्स लोगो’ बोक्ने पहिलो एसयूभी भएको जनाइएको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कर्पियोको नयाँ अवतारले ग्राहकलाई खुसी पार्न तत्पर रहेको बताए ।
स्पकर्पियो–एनमा अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज छ । यहाँ हेड–टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ ।
यसैगरी, कम्पनीले एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको जनाएको छ । कम्पनीका अनुसार यसमा राखिएको ‘ट्विन पिक’ लोगो अघि बढेको यस नयाँ दिशाको यात्रा प्रतिनिधित्व गरेको छ ।
स्पकर्पियो–एन इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मा डिजाइन गरिएको हो । त्यस्तै, संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमले इन्जिनियरिङ गरेको छ ।
यो नयाँ एसयुभि आकर्षक मात्रै छैन, यसमा सवारी गर्नेका लागि सुविधा सम्पन्न र सुरक्षित पनि छ ।
स्पकर्पियो–एनको बनोटमा क्रोम ट्यालोन ग्रिल प्रयोग भएको छ । सिग्नेचर डुआल ब्यारेल हेडल्याम्प र ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प’ पनि पाइन्छ । पार्किङका लागि रियर क्यामेरा छ । झ्यालममा मेटालिक सिग्नेचर टेल इलिमेन्ट छ । डायमन्ड कट एलोए ह्विल र एलईडी प्रोजेक्टर फग ल्याम्प पनि राखिएको छ ।
ककपिटः
एसयुभिमा उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट रहेको छ ।
ड्यासबोर्डमा मोबाइलबाटै ककपिट कन्ट्रोल गर्न सकिने ‘एड्रोनो–एक्स’ समाहित छ । २०.२३ सीएमको आकर्षक इन्फाटेन्मेन्ट स्त्रिmन छ । जीपीएस नेभिगेनस, ब्लुटुथसहितको यो सिस्टमले एन्ड्रोइड अटो, एप कारप्ले लगायत पनि सपोर्ट गर्छ । वायरलेस चार्जिङसहित सबै सुविधालाई ताररहित बनाइएको छ ।
स्कोर्यियो(एनमा मौसम र तापमान अनुकुल काम गर्ने एसी सिस्टम छ । रियर एसीको सुविधा पनि छ ।
यसमा ६ तिरकाले एडजस्ट गर्न सकिने पावर सिटहरु छन् । यसमा ब्ल्याक कफी लेदरेट इन्टेरियर थिम प्रयोग भएको छ ।
इन्जिन र विशेषताहरुः
यो फोरह्विल गाडीको इन्जिन निकै शक्तिसाली छ ।क्लास लिडिङ, संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको लागि यो गाडी चिनिने कम्पनीको दावी छ ।
यसमा ६ स्पीड म्यानुअलको अतिरिक्त अटोमेटिक संस्करण पनि आएको छ । एसयुभिमा २०० बीएचपी २.० लिटर पेट्रोल इन्जिन र १७५ बीएचपी २.२ लिटर डिजेल इन्जिन छ । जसले क्रमशः ३२० र ४०० एनएमको टर्क उत्सर्जन गर्छ । पेट्रोल इन्जिनले १४९.१४ किलोवाट पावर (२०३ पीएस) र ३८० एनएम टर्क उत्सर्जन गर्छ ।
गाडीलाई तीन वटा मोडः जीज–ज्याप र जुममा कुदाउन सकिन्छ ।
सुरक्षिाका सुविधा
स्कर्पियो–एनमा ६ वटा एयरब्याग, एडभान्स ईएससी, ड्राइभर ड्रोजिनेस डिटेक्सन, एडभान्स्ड सिट रिस्ट्रेन्स, कोलेप्सिबल स्टेयरिङ लगायतका सुरक्षा सुविधाहरू छन् ।
आरामदायी सस्पेन्सन सिस्टमका साथै यात्रा गुणस्तरको लागि फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पिङ र एमटीभी–सीएल टेकबाट पनि रहेको छ । साथै, अफरोडका लागि ४ उच्च र ४ निम्न गेयर अप्सन छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता
टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री