नेपालमा सार्वजनिक भएको २०२२ क्रसएक्स २५० आरको मुल्य र विषेशता..
नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले ईएफआई युरो ५ प्रविधियुक्त नयाँ २०२२ मोडलको क्रसएक्स २५० आर नेपालमा सार्वजनिक गरेको छ ।
उक्त बाइक पहिले भन्दा अपग्रेड भएर आएको छ । कम्पनीले यसमा भएको डबल साइलेन्सर सबैभन्दा आकर्षक रहेको जनाएको छ । युवाहरुलाई डबल साइलेन्सर बाइकले धेरै आकर्षित पार्ने हुँदा साहीअनुसार डिजाइन गरिएको छ । यो बाइक डर्ट र मोटार्ड गरी दुवै सेगमेन्टमा उपलब्ध छ ।
नयाँ क्रसएक्स २५० आर मा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ३२ एचपी पावर र २९.८ एनएम टर्क प्रदान गर्दछ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक रहेको छ ।
यसको ब्रेकिङ सिष्टम जापनिज कम्पनी निसिनले बनाएको छ । कम्पनीले बाइकलाई अधिकतम १३० किलोमटिर प्रतिघन्टको गतिमा हाँक्न सकिने दाबी गरेको छ । क्रसएक्स २५० आर को लम्बाई १९८० एमएम, चौडाई ८२० एमएम, उचाई ९४० एमएम, ग्राउण्ड क्लियरेन्स ३६१ एमएम र १३८० एमएमको ह्वीलवेस रहेको छ । साथै, ६.५ लिटरको इन्धन ट्यांकी छ भने यसको वजन ११७ केजी रहेको छ ।
बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने भनिएको छ । सो मोटरसाइकलमा बेटर कोल्ड स्टार्ट, बेटर थ्रोटल रेस्पोन्स, बेटर फ्युल एफिसियन्सी र लेस मेन्टिनेन्स जस्ता विशेषता पाउन सकिन्छ । त्यसैगरी यसमा पोलीस्पोर्ट ह्यालोजन हेडलाइट रहेको छ । क्रसएक्स २५० आर रेड र ब्ल्याक गरी दुई कलर अप्सनमा उपलब्ध रहेको छ ।
नेपाली बजारमा क्रसएक्स २५० को मूल्य ८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । पहिले ७ लाख ६५ हजार रुपैयाँ पर्ने मोटरसाइकलको मूल्य हाल सरकारले नयाँ बजेटमार्फत कर बढाएपछि बढाइएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता
टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन