Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

दशैंको साईत विहान १० बजेर ५५ मिनेटमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, १९
दशैंको साईत विहान १० बजेर ५५ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । घटस्थापनाको शुभ साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ भने विजया दशमीको शुभ साईत कात्तिक ५ गते विहान १० बजेर ५५ मिनेटमा रहेको छ ।
समितिका अनुसार कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।
कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जनाएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ ।
कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स