Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

जन्मवार फलः कुन बार जन्मने व्यक्तिको स्वभाव कस्तो..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३०
जन्मवार फलः कुन बार जन्मने व्यक्तिको स्वभाव कस्तो..

हामी हप्ताका सात दिनमध्ये कुनै एकमा जन्मन्छौँ । धर्मशास्त्रले जन्मेको बार अनुसार फल पाइने जनाउँछ ।

यस्ता छन् फलहरुः

आइतवार जन्मने व्यक्तिहरू युद्धप्रिय, परमचतुर, तेजस्वी, दानी, महा उत्साही र पित्त प्रकृतिवाला रहन्छन् ।

सोमवार जन्मने व्यक्ति शान्त स्वभावको, बुद्धिमान्, प्रियवक्ता, राज्य वा नेतामा आश्रित, सुखदुःखलाई समान रूपले हेर्ने र धनी व्यक्ति हुन्छन् ।

मङ्गलवार जन्मने व्यक्ति कुटिल अर्थात चलाख बुद्धि भएका, कर्मशील, युद्धप्रिय, महाबली, सेनापति या समाजसेवी हुन्छन् ।

बुधवार जन्मने व्यक्ति पढाइलेखाइबाट जीवका आर्जन गर्नेवाला, प्रियवक्ता, पण्डित, विद्वान्, बुद्धिमान्, सुन्दर अनुहार भएका र सुख सम्पत्तिले युक्त रहन्छन् ।

बिहीवार जन्मने व्यक्ति धनवान्, विवेकी, देश विदेशमा मान्य, विद्वान् र राजकीय पदले युक्त रहन्छन् ।

शुक्रवार जन्मने व्यक्ति चञ्चल स्वभाव भएको, आस्था कम भएको, धन कमाउन सक्ने र काममा लिप्त रहने, बुद्धिमान्, सुन्दर र प्रिय वक्ता रहन्छन् ।

शनिवार जन्मने व्यक्ति स्थिर वचन बोलीको पक्का, पराक्रमी, क्रोधी, दुष्चरित्र भएको, नीचदृष्टि भएको, विकृति नङ, लामो केश र ज्येष्ठ नारीमा आशक्त रहनेवाला हुन्छन् ।

-ज्यो. प. नारायणप्रसाद दुलाल

Top Changing Nepal

युट्युब सट्स