• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
  • १ दिन 

एम.ए.डब्लु. अर्थमुभर्स (जेसीबी डिभिजन) र एभरेष्ट बैंकबीच सहकार्य, जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म वित्तीय सुविधा
  • १ दिन 

सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने
  • १ दिन 

सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

साउन महिनामा कुन राशीले कस्तो फल पाउने? शुभदिन, शुभरंग के..

admin २०७९, श्रावण, ६

काठमाडौं । धर्मशास्त्र अनुसार मानिसले विभिन्न ग्रहको प्रभावमा अनेकन फल पाइने गरिन्छ । जुन सकारात्मक पनि हुन सक्छ र नकारात्मक पनि । यही विषयमा हामीले २०७९ सालको साउन महिनामा कुनकुन राशीलाई कस्तो हुने रहेछ, लिएर आएका छौँ ।

आज हामी विषेश ६ राशीको बारेमा चर्चा गर्नेछौँः

तुला

रोकिएका कामहरु बन्नेछन् । साथीभाइ तथा साथीहरुको सहयोग मिल्नेछ । आयआर्जनका बाटोहरु मिल्नेछ र पर्याप्त लाभ मिल्ने योग छ । मन पवित्र रहनेछ । हड्डी तथा आँखाका समस्याहरु हल हुनेछन् । धातुको काम गर्ने, राजनितीक, सामाजिक, गीतसंगीत क्षेत्र, तेलग्याँस व्यापारीहरुलाई यो महिना अति राम्रो छ ।

सेनापुलिस, मेसिनरी तथा मेकानिकल क्षेत्रमा रहेकाहरुलाई चोटपटक लाग्ने देखिन्छ, सचेत रहनुपर्ने हुन्छ । भगवान श्री गणेशको सेवा आरधना गरे सकारात्मक फल प्राप्त होला । पार्टनरशीपमा गरेका कामहरुले भने जस्तो फल नदिने देखिन्छ । ठला आर्थिक कामहरु सपल नहोलान् ।

बोलेर काम गर्ने क्षेत्र, जस्तैः पत्रकारिता, लेखन सम्पादन तथा मोबाइल विक्रेताहरुको लागि पनि राम्रो समय रहेको छ । असहमतीहरु न्युन रहेर जानेछन् । भाग्यबलमा वृद्घि हुनेछ ।

शुभदिनः ३ गते, ४ गते, १३ देखि १६ गतेसम्म, २० देखि २५ गतेसम्म, ३० गते, ३१ गते
शुभअंकः १
शुभरंगः कालो
शुभदिशाः उत्तर
इष्टदेवताः माता सरस्वती

वृश्चिक

शत्रुहरु नास भएर जानेछन् । यो महिना तनाव कम हुनेछ । सेनापुलिस, मेकानिक, आगो तथा औजारको प्रयोग हुने क्षेत्रमा काम गर्नेहरुले राम्रो लाभ लिन सक्नेछन् । रक्त सम्बन्धी रोग छाला, कम्मर, ढाड र पेटका समस्याहरु सुल्झनेछन् । पराक्रम बढ्र जानेछ ।

१५ गतेदेखि उता विद्यार्थीहरुले परीश्रम अनुसार राम्रो फल पाउने योग छ । त्यस्तै, मोबाइल विक्रेता, तेलग्याँस व्यापारी, ड्राइभर, पत्रकारीता क्षेत्र, लेखन तथा सम्पादनमा रहेकाहरुालाई पनि महिनाको अन्तिममा राम्रो हुने देखिन्छ । राजनितीक, सामाजिक क्षेत्रम रहेकाहरुले अलि धेरै शत्रु कमाउनेछन्, सचेत रहेको राम्रो ।

विद्युतीय क्षेत्रमा काम गर्ने, गीतसंगीत क्षेत्र, वैदेशिक रोजगार तथा व्यापारीका लागि पनि महिनाको अन्तिममा लाभ आउनेछ । तर महिनाको सुरुवात भने खासै राम्रो समय भने होइन । खर्च विलासीता बढ्ने समय हो । सकारात्मक फलप्राप्तीको लागि सूर्यमा जल चढाउनु पर्ने जनाइएको छ ।

शुभदिनहरुः ५ गते, ७ गतेदेखि ९ गते सम्म, १४ देखी १८ गतेसम्म, २२ देखि २५ गतेसम्म, २६ गते, २७ गते
शुभअंकः ९
शुभरंगः गुलाबी अथवा सिन्दुरे
शुभदिशाः पश्चिम
इष्टदेवताः गणेश भगवान

धनुः

१५ गतेसम्म विषेश लाभ लिन सक्ने देखिन्छ । मोबाइल विक्रेता, ड्राइभर, पत्रकारीता क्षेत्र, लेखन तथा सम्पादनमा रहेकाहरुालाई १५ गतेसम्म उत्कृष्ट समय हो । अग्रजहरुबाट राम्रो हुनेछ । युवायुवतीमा प्रेमको भाव जाग्नेछ । सबैतिर बोली बिक्नेछ । तर, १५ गते उता भने खानपानमा सचेत रहन र बोलीमा नियन्त्रण गनुपर्ने देखिन्छ । आँट कमजोर हुने भय मनमा बस्ने तथा मौसमी बिरामले च्याप्ने पनि जनाइएको छ ।

सरकारी कर्मचारीहरु धेरै सचेत रहनुपर्ने छ । सेनापुलिस, ठेकेदारी काम, औजार चलाउने, तेलग्याँस व्यापारीको लागि पनि खासै उचित समय होइन यो साउन महिना । पैसा फस्नेदेखि चोटपटक लाग्ने हुन सक्छ ।

विद्यार्थी वर्गलाई अति नै मिहेनत गर्नुपर्ने समय रहेको छ । २० गतेदेखि उता शत्रुहरु वृदधि हुनेछ । त्यस्तै, यात्रा गर्दा होसियार हुनुहोला । सकारात्मक फलको लािग भगवान नारायणको मन्दिर दर्शन गर्नु उचित रहन्छ ।

शुभदिनहरुः १ गते, २ गते, ७ देखि ११ गतेसम्म, १५ गतेदेखि १९ गतेसम्म, २४ गते, २५ गते, २७ देखि २९ गतेसम्म
शुभअंकः ८
शुभरंगः घिउ
शुभदिशाः दक्षिण
इष्टदेवताः भगवान शिव जी

मकरः

महिनाको सुरुवातमा सोचे जस्तो नहोला तर १५ गते उता भने साच्दे नसोचेको सफलता हात लाग्न सक्ने योग छ । वैदेशिक रोजगार तथा अन्य ठाउँबाट लाभ लिन सकिनेछ । शत्रुहरु नास हुनेछन् । माउली पक्षबाट नबनेका कामहरु बन्नेछन् । आयआर्जनका बाटो महिनाको अन्तिमसम्म खुल्नेछन् ।

पत्रकारीता क्षेत्रलाई महिनाको अन्तिममा विषेश राम्रो हुने देखिन्छ भने होटल व्यवसायी तथा मोबाइल विक्रेताहरुको लागि १५ गतेसम्म अलि सचेत रहनुपर्ने समय छ ।

जग्गाजमित, भुमी, वाहन सम्बन्धका कामहरु भने बन्ने देखिन्छ, साउन महिनामा । त्यस्तै, माताको स्वास्थ्यमा ध्यान दिनुपर्ने छ । छाला तथा हड्डीका समस्या देखा पर्न सक्छन् । मंगलबार दुवो चढाउँदा राम्रो हुन्छ । वैदेशिक क्षेत्र, तेलग्याँस व्यापारीहरु अलि सचेत रहने समय छ ।

शुभदिनः ४ गते, ११ गतेदेखि १३ गतेसम्म, १८ देखि २३ गतेसम्म, २६ गते, २७ गते, ३० गते
शुभअंकः ७
शुभरंगः निलो
शुभदिशाः पूर्व
इष्टदेवताः शिव जी

कुम्भः

शत्रसहरु नास भएर जानेछन् । आँटेका कुराबाट लाभ लिन सकिन्छ । अड्केका वैदेशिक कामहरु गर्नुभए बनिनेछन् । सुख प्राप्तीको समय छ । प्राकृतिक प्रकोपको समस्या देखिन्छ ।

केकानिकल, सेनापुलिस, होटल तथा अन्य कर्मचारीहरु, धातुजन्य वस्तु तथा तेलग्याँसका व्यापारीका लागी राम्रो समय छ । यी क्षेत्रकाहरुले महिनाको अन्ततीर भने सचेत रहनुपर्ने छ । दाजुभाइको काममा धेरै खटिनुपर्ने छ ।

पत्रकारिता क्षेत्रमा लागेकाले महिनाको सुरुवातमा अलि सचेत रहनुपर्छ । अरुके खटनमा रहनुपर्ने तथा ओरोपप्रत्यारोपमा फस्ने समय रहेको छ । सवारी साधन चलाउनेले पनि अलि होसीयार रहनुपर्छ ।

विद्यार्थी, राजनिती तथा कृषि क्षेत्र, आभुषण विक्रेता, डेकोरेशन, मोडलिङ क्षेत्र, तथा कलाकारीतामा रहेकाहरुको लागि २० गतेसम्मको समय अति उचित तर यसपछिको समयमा भने वाधाहरु आउन सक्ने देखिएको छ ।

शुभदिनः १ गते,२ गते, ६ गते, १३ देखि १६गतेसम्म, २० देखि २५ गतेसम्म, २८ गते, २९ गते
शुभअंकः ६ अंक
शुरंगः कालो
शुभदिशाः उत्तर
इष्टदेवताः काल भैरव

मिनः

आयआर्जनका बाटो खुल्ने तथा निकै राम्रो लाभ हुने देखिन्छ ।

गीतसंगीत, भोगविलाशसँग सम्बिन्धीत व्यापार, माृडल, पर्यटन क्षेत्र तथा वस्त्र व्यापारमा, अन्य व्यापारका कामहरुमा रहेका तथा ब्युटि पार्लर सञ्चालकहरुले विशेष लाभ लिने समय छ । घरघडेरी, जग्गाजमिनबाट राम्रो फाइदा लिन सकिन्छ । प्रेमजीवनलाई पनि सफल पार्ने समय छ । धनलाइृ अलि हानी हुने समय छ, सचेत रहनुपर्ला ।

पत्रकारीता, ड्राइभिङ पेशा, लेखन सम्पादन क्षेत्रमा रहेकाहरु अलि धेरै सचेत रहनुपर्ने छ । साझेदारीका कामहरु गर्दा अरुले झेल गर्ने योग छ । यी क्षेत्रमा काम गर्नेहरु शत्रुबाट पनि अलि सचेत रहनुपर्ने देखिन्छ । आयआर्जन बढाउन कुटुम्बको सहयोग भए उचित रहने देखिन्छ ।

त्यस्तै, सेनापुलिस, राजनिती, मेकानिकल क्षेत्र तथा होटल व्यवसायीहरुले अलि सचेत रहनुपर्ने देखिन्छ । धन वृद्धिको काम गर्न शुभदिन हेर्नु उचित हुन्छ । सकरात्मक प्रभावको लागि गणेश भगवानलाई दुवो चढाउने, हनुमा चालिसा र हरियालीमा जाने वा पानी हाल्ने पढ्ने गरियो भने राम्रो हुन्छ । फ्रस्ट्रेशन तथा डिप्रेशनले सताउने समय छ ।

शुभदिनः ३ गते, ४ गते, ७ गते, ८ गते, १५ देखि १८ गतेसम्म, २२ देखि २६ गतेसम्म, २९ गते, ३१ गते
शुभअंकः ५
शुभरंगः निलो
शुभदिशाः पश्चिम
इष्टदेवताः गुरुदेव

कर्कट, सिंह, कन्या राशीको हेर्न यहाँ थिच्नुहोस्
मेष, वृष, मिथुन राशीको हेर्न यहाँ थिच्नुहोस्

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ०४ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.