नेप्सेमा ६१.०५ अंकको उछाल..
काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा उछाल आएको छ ।
शेयरबजार मापक नेप्से परिसुचक आज ६१.०५ अंकले बढेको छ । नेप्से सूचक ३.०३ प्रतिशलते सुधार भएर २०७८.५१ अंकमा रोकिएको छ ।
आज कुल २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित शेयर खरिदबिक्री हुँदा २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । आज १३ उपसूचक सबै बढेका छन् । जसमध्ये, फाइनान्स उपसूचक ७.२२ प्रतिशतले सबैभन्दा धेरै बढेको छ ।
आइतबार शिभम सिमेन्ट्स लिमिटेडले ३९ करोड ७१ लाख रुपैयाँले सबैभन्दा धेरै शेयर कारोबार गरेको छ ।
त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, समृदुधि फाइनान्स कम्पनी लिमिटेड र मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा (१० प्रतिशत डिबेन्चर २०८५) का लगानीकर्ता रहेका छन् ।
बजारमा मौद्रिक नीतिपछि शेयर बजार घट्ने आंकलन विपरित बजार उकालो लागेको छ । शुक्रवार जारी भएको मौद्रिक नीतिले शेयरधितो कर्जामा लगाएको ४/१२ करोडको सिमालाई सामान्य संसोधन गरेको छ । राष्ट्र बैंकले ४/१२ करोडको सिमालाई संसोधन गर्ने क्रममा तल्लो सिमालाई हटाएर माथिल्लो मात्रै सिमा कायम राख्दै बैंक वित्तीय संस्था मार्फत प्रवाह हुने यस्तो कर्जालाई क्रमश ब्रोकर मार्फत मार्जिन ल्याण्डिङमा आकर्षित गर्ने नीति लिएको छ । जसले ब्रोकर आफैले बैंकबाट कर्जा लिएर लगानीकर्तालाई मार्जिन सुविधा दिन सक्नेछन् ।
दोस्रो बजारमा सूचिकृत बैंक वित्तीय संस्था तथा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । जहाँ मुनाफामा उल्लेख बृद्धि भएको देखिन्छ ।
चौथो त्रैमाशिक वित्तीय विवरणले आकर्षित गरेका लगानीकर्ताले अवको केहि समयमा घोषणा हुने लाभांशलाई समेत आकलन गर्न थालेदेखि आज दोस्रो बजारमा उछाल आएको हो ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
