Jankari Kendra
२४ आश्विन २०८३, शनिबार

टक्सार पिखुवाखोला हाइड्रोले डाक्यो साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ८

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको श्रावण ६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको प्रथम वार्षिक साधारण सभा श्रावण ३० गते, सोमबार, कम्पनीको रजिष्टर्ड कार्यालय, खिचापोखरी-२२, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन (आईपीओ) को लागि आवश्यक प्रकृया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य नयाँ आयोजनाहरुमा लगानी गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने, युनाइटेड मेवाखोला हाइड्रोपावर ५० मे।वा को शेयर लगानी सम्बन्धमा, सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ती र पारिश्रमिक तोक्ने, कम्पनीमा रहेको जगेडा सेयर समेत खरिद बिकी गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

Top Changing Nepal

युट्युब सट्स