काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णले संघीय संसद् भवनस्थित कार्यकक्ष पुगेर उक्त प्रतिवेदन बुझाएका हुन् । करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो ।
समय नपुगेपछि साउन ५ गते सात दिनको समय थपिएको थियो । छानबिन समितिले प्राप्त समयमै प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।