काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५४.५८ अंकले बढेर २,१९५.१० को विन्दुमा पुगेको छ ।
आज जम्मा २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच भई ४ अर्ब ६० करोडमाथिको शेयर कारोबार भएको छ । आज १२६ कम्पनीको शेयरमुल्य बढेको छ भने ५१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज बजार बढ्दा ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, आइएमई जनरल, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।