रुसको आक्रमणबाट ‘हिरो अफ युक्रेन’ उपाधि पाएका अन्न उद्योगीको मृत्यु
जानकारी केन्द्र
२०७९, श्रावण, १६
काठमाडौं । युक्रेनको माइकोलेभ सहरमा रुसको मिसाइल आक्रमणबाट एक व्यापारी दम्पतीको मृत्यु भएको छ ।
बीबीसीले घरमा गएराति मिसाइल प्रहारका कारण ७४ वर्षीय ओलेक्सी भादाटुस्र्की र उनकी श्रीमती रायसाले ज्यान गुमाएको जनाएको छ । भादाटुस्र्कीले हिरो अफ युक्रेन’को अवार्डसमेत पाएका थिए । उनी अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनका प्रमुख हुन् । फोर्ब्स म्यागेजिनले सन् २०२० मा उनको सम्पती ४५० मिलियन डलर रहेको बताएको थियो ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भादाटुस्र्की दम्पतीमाथि नियोजित आक्रमण भएको र उनीहरुको निधनबाट युक्रेनलाई ठूलो क्षति पुगेको बताए । त्यस्तै, माइकोलेभ सहरका मेयर अलेकजेन्डर सेन्केभिचले रुसले सहरमा हालसम्मकै ठूलो बमबारी गरेको बताए । उक्त आक्रमणले सहरका दुई विद्यालय, खेलकुद परिसर, होटल, सेवा केन्द्र र घरहरुमा क्षति पुगेको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

