लोसपालाई सरकारमा सहभागी गराउने तयारी
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहेको छ ।
सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि सरकारमा जाने भएको लोसपाले सरकारमा सहभागी हुन कम्तीमा दुई मन्त्रालयको माग गरेको छ । साथै, एक थम राज्यमन्त्रीको पनि माग रहेको जनाइएको छ ।
सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको जानकारी लोसपा अध्यक्ष महन्थ ठाकुर निकट स्रोतले दिएको छ । त्यस्तै, लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायतको शर्त राखेको थियो । महोत्तरी र कैलालीको टीकापुरमा लोसपाका नेता कार्यकर्तालाई झुटा मुद्धा लगाएर थुनामा रहेको र सर्वोच्चमा विचाराधीन रहेकालाई केही गर्न नसकिने स्रोतले जनाएको छ । फिर्ता लिन सकिने मुद्धाहरुका बारेमा प्रधानमन्त्रीसँग छलफल भइरहेको जनाइएको छ ।
लोसपाका नेताहरुले लोसपा सरकारमा सहभागी हुने कुरा प्रधानमन्त्री देउवाको सक्रियतामा भर पर्ने पनि बताएका छन् ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

