श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाट
काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाट भएको छ ।
बुधबार बिहान धितोपत्र सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले साउन ४ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरेर २२ लाख ७० हजार २५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
बिक्री प्रबन्धक सानिमा क्यापीटलले कम्पनीको आईपीओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जना आवेदकबाट १ करोड ७० लाख ७२ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको जनाएको छ । जसमध्ये ४ हजार ४ सय ४० जनाको आवेदन रद्द हुँदा १५ लाख ३९ हजार ५ सय ५ जना आवेदकको आवेदन सदर भएको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट सेयर बाँडफाँट भएको छ ।
कम्पनीको साधारण सेयर २ लाख २७ हजार २ सयले १० कित्ताका दरले पाएका छन् । जसमध्ये ५ जनाले थप १ कित्ताको दरले ११ कित्ता पाए । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड २० लाख रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
