नेपाल प्रहरीको निःशुल्क बस सेवा, यसरी संचालन हुने – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, २५
इन्धन अभावको कारण सवारी आवागमनमा कठिनाई भएको अवस्थामा नेपाल प्रहरीले आमनागरिकको सहजताका लागि दैनिक एकपटकका दरले ३ रुटमा निःशुल्क बस संचालन गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
पहिलो रुटको बस बिहान ११ बजे नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुलचोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै दिउसो १:३० बजे पुनः नक्सालसम्म सेवा प्रदान गर्नेछ ।
यसैगरी दोस्रो रुटको बसले बिहान ११ बजे नक्सालबाट सेवा सुरु गरी मैतीदेबी, गौशला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै दिउसो २ बजे पुनः नक्सालसम्म सेवा पुरयाउने छ ।
यसैगरी तेस्रो रुटको बसले बिहान ११ बजे नक्सालबाट सेवा सुरु गरी जय नेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातो पुल हुँदै दिउसो १:३० बजे पुनः नक्साल पुगेर सेवा पुरयाउने छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

