सर्लाहीमा घरेलु हतियार सहित प्रहरी माथी अाक्रमण- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, ४
सर्लाहिको अर्नाहा–३ स्थित बोडर दसगजामा चन्दा संकलन गरिरहेको समूहले हँसिया, खुर्पा र लाठी प्रहार गर्दा प्रहरी चौकी अर्नाहामा कार्यरत प्रहरी सहायक निरीक्षक गौरीशंकर साह र प्रहरी जवान शुशिलकुमार साह मंगलबार घाइते भएका नेपाल प्रहरीले जनाएको छ । चौकीको प्रहरी टोलीले उनीहरुलाई सम्झाई बुझाई गर्नेक्रममा सो समुहले प्रहरीमाथि एक्कासि हतियार प्रहार गरेको थियो ।
प्रहरीले हवाई फायर गरी तत्काल स्थितिलाई नियन्त्रणमा लिएको छ । साथै घटनामा संलग्न शंकास्पद अर्नाहा–३ बस्ने ७३ वर्षीय सोनफ राय र ३२ वर्षीय नथ्थु रायलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

