विरगञ्जमा झडप हुँदा स्थिति तनाव ग्रस्त -जानकारी केन्द्र
विरगञ्जमा झडप हुँदा स्थिति तनाव ग्रस्त -जानकारी केन्द्र
बीरगंज उपमहानगरपालिका–८ माईस्थानमा प्रदर्शनकारीबीच मंगलबार झडप हुँदा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर प्रहरी हवल्दार भरोसी बैठा र प्रहरी जवान सागर श्रीवास्तव घाइते भएका छन् । घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । साथै प्रर्दशनकारीले प्रहार गरेको पेट्रोल बम लाग्दा घाइते भएका बीरगंज सुख्खा बन्दगाहामा कार्यरत नायव सुब्बा भरत नेपाललाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको छ । प्रहरीले अश्रुग्याँस र हवाई फायर गरी भीड तितिरबितर पारेको छ ।
तपाईको प्रतिक्रिया