विरगञ्जमा झडप हुँदा स्थिति तनाव ग्रस्त -जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १७
बीरगंज उपमहानगरपालिका–८ माईस्थानमा प्रदर्शनकारीबीच मंगलबार झडप हुँदा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर प्रहरी हवल्दार भरोसी बैठा र प्रहरी जवान सागर श्रीवास्तव घाइते भएका छन् । घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । साथै प्रर्दशनकारीले प्रहार गरेको पेट्रोल बम लाग्दा घाइते भएका बीरगंज सुख्खा बन्दगाहामा कार्यरत नायव सुब्बा भरत नेपाललाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको छ । प्रहरीले अश्रुग्याँस र हवाई फायर गरी भीड तितिरबितर पारेको छ ।
यसैगरी बीरगंज उपमहानगरपालिका वडा नम्बर ८ माईस्थान, वडा नम्बर १८ ब्रह्मचोक, वडा नम्बर १९ नगुवा चोकमा कफर्यु लागेको अवस्थामा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा र गुलेलीसमेत प्रहार गरेकोले प्रहरीले अश्रुग्याँस, रबर बुलेट र हवाई फायर गरी भीडलाई तितरबितर बनाएको छ । हाल अवस्था सामान्य रहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

