• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट
  • ७ घण्टा 

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै
  • ७ घण्टा 

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक
  • ७ घण्टा 

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय
  • ९ घण्टा 

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

असन क्षेत्रका मौलिक संस्कृतिको खोजी

जानकारी केन्द्र २०७९, आश्विन, १२

काठमाडौँ । देवीदेवतालाई लगाउने कपडा बुन्ने जाति सिन्दुराकारले आफ्नो पेसा छोडेर अन्यत्र आकर्षित हुँदा बजारमा मौलिकताले युक्त यस्ता कपडा पनि लोप हुन थालेको छ । पूजामा बस्दा लगाउने मौलिक कपडा पनि सिन्दुराकार जातिले बनाउँथे । शिलाकार थरका नेवार समुदायले ढुङ्गाबाट मूर्ति, चैत्यलगायत मौलिक सांस्कृतिक चीजबीज निर्माण गर्थे । शिलाकार समुदाय पनि अहिले अरू नै पेसा व्यवसायमा आकर्षित भएको उदाय् समाजका महासचिव रजनी ताम्राकारले जानकारी दिए ।

उदाय् समाजमा नेवार समुदायका नौ थर छन् । जसमा सिन्दुराकार, शिलाकार, तुलाधर, स्थापित, ताम्राकार, बनियाँ, सिलालिक, सिख्राकार र कंसाकार हुन् । स्वयम्भूमा १२÷१२ वर्षमा आयोजना गरिने सम्यक् महादानमा उदाय् समाजका नौ थरले एक÷एक जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था छ । तुलाधर समुदाय असन र नरदेवीमा छन् ।
पहिले ल्हासाबाट काठमाडौँमा गरिने व्यापार तुलाधर समुदायले गर्ने गरेका थिए । स्थापितले भने अहिले पनि काठको काम गरिरहेकै छन् । यद्यपि पहिलेका तुलनामा अहिले परम्परागत काम गर्ने स्थापित समुदाय कम हुँदै गएका छन् । मौलिक, सांस्कृतिक महत्वका परम्परागत काममा आकर्षण नहुँदा युवा पुस्ता अन्य काममा लाग्ने गरेको उदाय् युवा पुचः की कोषाध्यक्ष स्वस्तिहीरा सिख्राकार बताउछन् ।

“युवालाई मौलिक कलाले भरिपूर्ण काममै फर्काएर संस्कृति संरक्षणका लागि तीन वर्षअघि युवा पुचः को स्थापना गरेर विभिन्न गतिविधिमा संलग्न भएका हौँ, मौलिकता युक्त हाम्रा कामबाट हाम्रो समुदाय बाहिरिनु हुन्न भनी युवा पुस्तामा चेतना एवं जागरण फैल्याउने काममा हामी लागेका छौँ”, उनले भने ।

नौ थरमध्येको बनियाँले आयुर्वेदिक औषधि बनाउँथे । यो समुदायले पनि परम्परागत काम छोडेर अहिले व्यापार व्यवसायतिर आकर्षित भएका छन् । जसका कारण आयुर्वेदिक औषधि बनाउन यो समुदायले पुस्तौँदेखि प्राप्त गरेको अनुभव अन्त्य भएको छ । नयाँले बनाउँदा कति गुणस्तरीय आयुर्वेदिक औषधि बन्ला भन्ने प्रश्न खडा भएको छ ।

सिलालिक समुदायले रोटी, मिठाई बनाउँथे । काठमाडौँको पुरानो सहरमा यिनै समुदायका मिठाई पसल हुन्थे । १२ वर्षमा स्वयम्भूमा गरिने सम्यक् दानमा पनि सिलालिक समुदायले नै रोटी, मिठाईलगायत सामग्री बनाउनुपर्ने नियम भने अहिले पनि यथावत् छ । अहिले सिलालिक थर लेख्ने समुदाय नै कम भइसकेको समाजका महासचिव ताम्राकार बताउछन् ।

“सिलालिक समुदायले रोटी, मिठाईमात्र बनाउन छोडेनन्, आफ्नो थर नै तुलाधर लेख्न थाले, जसका कारण अहिले सिलालिकको जनसङ्ख्या कम छ, अहिले धेरैमा ११ घर जतिले मात्र सिलालिक थर लेख्ने गरेका छन्”, उनले भने ।

नयाँ पुस्ता परम्परागत काम छोडेर आधुनिकतातिर ढल्कँदा काठमाडौँ उपत्यकाको मुख्य सहरी क्षेत्र असन, इन्द्रचोकका नेवारको मौलिकता नै खतरामा परेको छ । मौलिकता जोगाउने उद्देश्यले समाजले विभिन्न गतिविधि अघि बढाएको छ । उदाय् समाजले नौवटै जातिका परम्परागत पेसा र बनाउने गरेका मौलिक, सांस्कृतिक चीजबीज सङ्ग्रह गरेर सङ्ग्रहालयको स्थापना गरेको छ ।

नौ थरी नेवारी समुदायको मौलिक संस्कृतिको संरक्षणका लागि विसं २०७२ मा उदाय् सङ्ग्रहालय स्थापना भएको हो । नौ थरीका परम्परागत पेसा, व्यवसाय संरक्षणका लागि ३० वर्षअघि उदाय् समाज गठन गरिएको थियो । अहिले असन क्षेत्रको मौलिक संस्कृतिको खोजी गर्न चाहनेहरु उदाय् समाजको कार्यालय पुग्ने गरेका छन् ।

तामाको भाँडा बनाउने ताम्राकार समुदायमा पनि अहिले यो पेसा गर्ने कमै भेटिन्छन् । यो समुदायले १२ वर्षमा स्वयम्भूमा हुने सम्यक् दान पर्वमा पयँता बाजा बजाउने गर्छन् । ताम्राकार समुदायबाट बाजा बजाउनेलाई समेटेर पयँता बाजा खल ः गठन गरिएको हुन्छ । तिनले यो बाजा सम्यक् दानका समयमा मात्र बजाउँछन् । अरू समयमा यो बाजा बाहिर निकाल्न नहुने जनविश्वास रहेको छ ।

मन्दिर, चैत्य एवं घर, भवनको गजुर तथा छाना निर्माण गर्ने सिख्राकार समुदायले पनि अहिले यो काम छोडिसकेका छन् । नौ थरी नेवार समुदायमध्येको कंसाकार समुदायले काँसका थाल, कचौरालगायत सामग्री बनाउँथे । यो समुदायले पनि अहिले परम्परागत काम छोडिकसकेको छ । काँसका भाँडा राम्रो मानिन्छ । अहिले सिलाबर र स्टिलका सामानले बजार पिटेको छ ।

उदाय् समाजले सिख्राकार, कंसाकार, ताम्राकारलगायत नौ थरी नेवार समुदायलाई पुरानै पेसामा स्थापित गराएर मौलिक संस्कृति संरक्षण गर्ने जनाएको छ । यसका लागि नौ थरी समुदायमै जागरणका काम भइरहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट
अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै
टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

ताजा

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.