• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

असन क्षेत्रका मौलिक संस्कृतिको खोजी

काठमाडौँ । देवीदेवतालाई लगाउने कपडा बुन्ने जाति सिन्दुराकारले आफ्नो पेसा छोडेर अन्यत्र आकर्षित हुँदा बजारमा मौलिकताले युक्त यस्ता कपडा पनि लोप हुन थालेको छ । पूजामा बस्दा लगाउने मौलिक कपडा पनि सिन्दुराकार जातिले बनाउँथे । शिलाकार थरका नेवार समुदायले ढुङ्गाबाट मूर्ति, चैत्यलगायत मौलिक सांस्कृतिक चीजबीज निर्माण गर्थे । शिलाकार समुदाय पनि अहिले अरू नै पेसा व्यवसायमा आकर्षित भएको उदाय् समाजका महासचिव रजनी ताम्राकारले जानकारी दिए ।

उदाय् समाजमा नेवार समुदायका नौ थर छन् । जसमा सिन्दुराकार, शिलाकार, तुलाधर, स्थापित, ताम्राकार, बनियाँ, सिलालिक, सिख्राकार र कंसाकार हुन् । स्वयम्भूमा १२÷१२ वर्षमा आयोजना गरिने सम्यक् महादानमा उदाय् समाजका नौ थरले एक÷एक जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था छ । तुलाधर समुदाय असन र नरदेवीमा छन् ।
पहिले ल्हासाबाट काठमाडौँमा गरिने व्यापार तुलाधर समुदायले गर्ने गरेका थिए । स्थापितले भने अहिले पनि काठको काम गरिरहेकै छन् । यद्यपि पहिलेका तुलनामा अहिले परम्परागत काम गर्ने स्थापित समुदाय कम हुँदै गएका छन् । मौलिक, सांस्कृतिक महत्वका परम्परागत काममा आकर्षण नहुँदा युवा पुस्ता अन्य काममा लाग्ने गरेको उदाय् युवा पुचः की कोषाध्यक्ष स्वस्तिहीरा सिख्राकार बताउछन् ।

“युवालाई मौलिक कलाले भरिपूर्ण काममै फर्काएर संस्कृति संरक्षणका लागि तीन वर्षअघि युवा पुचः को स्थापना गरेर विभिन्न गतिविधिमा संलग्न भएका हौँ, मौलिकता युक्त हाम्रा कामबाट हाम्रो समुदाय बाहिरिनु हुन्न भनी युवा पुस्तामा चेतना एवं जागरण फैल्याउने काममा हामी लागेका छौँ”, उनले भने ।

नौ थरमध्येको बनियाँले आयुर्वेदिक औषधि बनाउँथे । यो समुदायले पनि परम्परागत काम छोडेर अहिले व्यापार व्यवसायतिर आकर्षित भएका छन् । जसका कारण आयुर्वेदिक औषधि बनाउन यो समुदायले पुस्तौँदेखि प्राप्त गरेको अनुभव अन्त्य भएको छ । नयाँले बनाउँदा कति गुणस्तरीय आयुर्वेदिक औषधि बन्ला भन्ने प्रश्न खडा भएको छ ।

सिलालिक समुदायले रोटी, मिठाई बनाउँथे । काठमाडौँको पुरानो सहरमा यिनै समुदायका मिठाई पसल हुन्थे । १२ वर्षमा स्वयम्भूमा गरिने सम्यक् दानमा पनि सिलालिक समुदायले नै रोटी, मिठाईलगायत सामग्री बनाउनुपर्ने नियम भने अहिले पनि यथावत् छ । अहिले सिलालिक थर लेख्ने समुदाय नै कम भइसकेको समाजका महासचिव ताम्राकार बताउछन् ।

“सिलालिक समुदायले रोटी, मिठाईमात्र बनाउन छोडेनन्, आफ्नो थर नै तुलाधर लेख्न थाले, जसका कारण अहिले सिलालिकको जनसङ्ख्या कम छ, अहिले धेरैमा ११ घर जतिले मात्र सिलालिक थर लेख्ने गरेका छन्”, उनले भने ।

नयाँ पुस्ता परम्परागत काम छोडेर आधुनिकतातिर ढल्कँदा काठमाडौँ उपत्यकाको मुख्य सहरी क्षेत्र असन, इन्द्रचोकका नेवारको मौलिकता नै खतरामा परेको छ । मौलिकता जोगाउने उद्देश्यले समाजले विभिन्न गतिविधि अघि बढाएको छ । उदाय् समाजले नौवटै जातिका परम्परागत पेसा र बनाउने गरेका मौलिक, सांस्कृतिक चीजबीज सङ्ग्रह गरेर सङ्ग्रहालयको स्थापना गरेको छ ।

नौ थरी नेवारी समुदायको मौलिक संस्कृतिको संरक्षणका लागि विसं २०७२ मा उदाय् सङ्ग्रहालय स्थापना भएको हो । नौ थरीका परम्परागत पेसा, व्यवसाय संरक्षणका लागि ३० वर्षअघि उदाय् समाज गठन गरिएको थियो । अहिले असन क्षेत्रको मौलिक संस्कृतिको खोजी गर्न चाहनेहरु उदाय् समाजको कार्यालय पुग्ने गरेका छन् ।

तामाको भाँडा बनाउने ताम्राकार समुदायमा पनि अहिले यो पेसा गर्ने कमै भेटिन्छन् । यो समुदायले १२ वर्षमा स्वयम्भूमा हुने सम्यक् दान पर्वमा पयँता बाजा बजाउने गर्छन् । ताम्राकार समुदायबाट बाजा बजाउनेलाई समेटेर पयँता बाजा खल ः गठन गरिएको हुन्छ । तिनले यो बाजा सम्यक् दानका समयमा मात्र बजाउँछन् । अरू समयमा यो बाजा बाहिर निकाल्न नहुने जनविश्वास रहेको छ ।

मन्दिर, चैत्य एवं घर, भवनको गजुर तथा छाना निर्माण गर्ने सिख्राकार समुदायले पनि अहिले यो काम छोडिसकेका छन् । नौ थरी नेवार समुदायमध्येको कंसाकार समुदायले काँसका थाल, कचौरालगायत सामग्री बनाउँथे । यो समुदायले पनि अहिले परम्परागत काम छोडिकसकेको छ । काँसका भाँडा राम्रो मानिन्छ । अहिले सिलाबर र स्टिलका सामानले बजार पिटेको छ ।

उदाय् समाजले सिख्राकार, कंसाकार, ताम्राकारलगायत नौ थरी नेवार समुदायलाई पुरानै पेसामा स्थापित गराएर मौलिक संस्कृति संरक्षण गर्ने जनाएको छ । यसका लागि नौ थरी समुदायमै जागरणका काम भइरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.