समानुपातिक उम्मेदवारी फिर्ता आज
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा नाम भएकाहरुलाई नाम फिर्ता गर्ने समय आजलाई तोकेको छ । हिजोसम्म शंशोधित बन्दसूची पेस गर्ने समय तोकिएको थियो । बन्दसूचीको अन्तिम नामावली २२ गते प्रकाशन हुने आयोगले जनाएको छ । “बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा आज फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी दललाई गराउनुपर्छ,” आयोगले भनेको छ ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी हिजो सकिएको थियो ।
समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।
आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार शनिबार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित ९ वटा दलले शनिबार संशोधित बन्दसूची पेस गरेका थिए ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


