पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा – बुटवल खण्ड अवरुद्ध
पाल्पा । अविरल वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर रातिदेखि नै यातायात सेवा अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पाल्पाको भालेबास, जरेपिपपल, गौडेपुल, हिउँदेखोला, सिद्धबाबालगायत स्थानमा दर्जनभन्दा बढी पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा पहिरो खसेपछि यातायात सेवा रातिदेखि नै अवरुद्ध भएको हो ।
राजमार्गको पिपलडाँडा क्षेत्रमा पनि माथिल्लो भागबाट खसेको लेदो माटोका कारण सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । दोभान प्रहरी चौकीका अनुसार वर्षा कमी हुनासाथ सडक डिभिजनको समन्वयमा पहिरो पन्छाइने छ ।
हिउँदेखोला, चर्चरेलगायत स्थानमा खसेको पहिरो सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि तराईका विभिन्न जिल्लामा हिँडेका र तराईबाट पहाड हिँडेको यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।
पाल्पा–गुल्मी सडकअन्तर्गत सम्मोबारी लिपिन्देवीमा पहिरो खसेको छ भने ठूला सवारी साधन चल्न सकेका छैनन् । हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीका अनुसार साना सवारी साधन जेनतेन चलेपनि ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् । अविरल वर्षासँगै पाल्पाका ग्रामीण भेगमा पनि सवारी साधन अवरुद्ध भएको छ ।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
