पहिरोले पुरिएर जुम्लामा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु, आमा छोरो बेपत्ता
जुम्ला । अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका९५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका आठ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाहीको रहेका छन् ।
सो घटनामा स्थानीय सरस्वति हमाल र रामबहादुर हमाल घाईते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्द सहितको टोली थप उद्धारका लागि गएको छ ।
आमा छोरो बेपत्ता
यस्तै बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका९३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उनका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको खोजी भईरहेको छ ।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
