इन्फेक्टेड ब्लड चढाउँदा सुत्केरी महिलाको मृत्यु
काठमाडौँ । डाक्टरको लापरवाहीका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएकी कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ४ की सरिता शाहीको शुक्रबार राती मृत्यु भएको हो ।
नियमित डाक्टरको निगरानीमा रहेकी सरिता असोज १५ गते असहज महसुस भएपछि पाटन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएको दुई दिनपछि उनले सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन् ।
१८ गते अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेका बेलामा रक्तश्राप भएपछि अर्को बेडमा सारेर डाक्टरले रगत चढाएको मृतक शाहीका जेठाजु लंक शाहीले बताए । रक्तस्रपा नरोकिएपछि डाक्टरले १९ गते विहान अर्को पोका ब्लड चढाएका थिए । त्यही ब्लडका कारण शाहीको मृत्यु भएको परिवारले दावि गरेको छ ।
शाहीका श्रीमान् प्रदिप शाहीले इन्फेक्सन भएको रगत चढाउँदा श्रीमतीको मृत्यु भएको बताए । ‘दोश्रो पोका रगत चढाउनभन्दा अघिसम्म अवस्था सामान्य थियो । आफै ट्वाइलेट जान सक्ने, हिडडुल गर्ने सक्ने बनिसकेकी थिइन् । रक्तश्राप पनि कम भएको थियो ।’, मोटिभेट न्यूजसँगको कुराकानीमा शाहीले भने, ‘दोश्रो पोकाको रगतका कारण मेरो श्रीमतीको ज्यान गयो ।’
दोश्रो पोका ब्लड चढाएपछि उनको सरिरमा असहज स्थिति सृजना भएको शाहीको भनाई छ । ‘यो ब्लड चढाएपछि कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, कहिले खुट्टा दुख्ने समस्या देखियो ।’, शाहीले भने, ‘त्यसपछि डाक्टरले आईसीयुमा राख्न पर्ने भन्दै, आईसीयुमा भर्ना गरे । त्यहाँ पनि स्वासप्रस्वासमा समस्या भएको भन्दै भेन्टिलेटरमा लगियो । भेन्टिलेटरबाट उनी फर्किनन् ।’
उनले डाक्टरले गलत रगत प्रयोग गर्दा आफूले श्रीमती गुमाउनु परेको बताए । ‘डाक्टरले की अरु कसैलाई भनेर मगाएको ब्लड मेरो श्रीमतीलाई लगाए, कि त ब्लड बैंकले इन्फेक्सन भएको ब्लड दियो ।’ उनले भने ।
उनमा प्रयोग भएको ब्लडको टेस्ट गर्न खोज्दा ब्लड बैंकले आनाकानी गरेको शाहीको भनाई छ । उनले अस्पताल र ब्लड बैंक मिलेर प्रमाण समेत नस्ट गरेको आरोप लगाएका छन् । ‘हामीले लगेको ब्लड एक पटक टेस्ट गरिदिन ब्लड बैंकलाई आग्रह गर्योँ । तर उहाँहरुले उक्त ब्लड डस्बिनमा फालेर प्रमाण नस्ट गर्नुभयो । बिरामीको हातमा लगाएको ब्लडको पोका पनि अस्पतालले गायव पार्यो । उहाँहरुले धेरै ठूलो लापरवाही गर्नुभएको छ । उहाँहरुको गल्ति थिएन् भने प्रमाण किन नस्ट गर्नुभयो ।’
अस्पतालले पेटमा संक्रमण पछि मृगौला नस्ट भएर विरामीको अवस्था क्रिटिकल बनेको बताएको छ । बचाउन खोज्दा खोज्दै विरामीको मृत्यु भएको अस्पतालको भनाई छ । अस्पतालले ब्लड बैंकका प्रतिनिधिहरुलाई राखेर आइतबार बिहान छलफल गर्ने जनाएको छ । शाहीका यसअघि एक छोरा जन्मिएका थिए भने दोश्रो सन्तानका रुपमा छोरीको जन्म भएको थियो । बच्चाको अवस्था भने सामान्य रहेको बताइएको छ ।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
