• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • ७ घण्टा 

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • २४ घण्टा 

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
  • १ दिन 

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
  • १ दिन 

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • १ दिन 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • १ दिन 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

  • २. नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

  • ३. अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान

  • ४. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. राजस्व र रोजगारीमा नाडाको योगदान,अटोमोवाईल उद्योगको संरक्षण आवश्यक

  • ६. २०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ८. अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

  • ९. देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०. एसईई दिएर बसेका विद्यार्थीहरुका लागि नेपाल टेलिकमको विशेष अफर

इन्फेक्टेड ब्लड चढाउँदा सुत्केरी महिलाको मृत्यु

जानकारी केन्द्र २०७९, आश्विन, २३

काठमाडौँ । डाक्टरको लापरवाहीका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएकी कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ४ की सरिता शाहीको शुक्रबार राती मृत्यु भएको हो ।

नियमित डाक्टरको निगरानीमा रहेकी सरिता असोज १५ गते असहज महसुस भएपछि पाटन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएको दुई दिनपछि उनले सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन् ।

१८ गते अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेका बेलामा रक्तश्राप भएपछि अर्को बेडमा सारेर डाक्टरले रगत चढाएको मृतक शाहीका जेठाजु लंक शाहीले बताए । रक्तस्रपा नरोकिएपछि डाक्टरले १९ गते विहान अर्को पोका ब्लड चढाएका थिए । त्यही ब्लडका कारण शाहीको मृत्यु भएको परिवारले दावि गरेको छ ।

शाहीका श्रीमान् प्रदिप शाहीले इन्फेक्सन भएको रगत चढाउँदा श्रीमतीको मृत्यु भएको बताए । ‘दोश्रो पोका रगत चढाउनभन्दा अघिसम्म अवस्था सामान्य थियो । आफै ट्वाइलेट जान सक्ने, हिडडुल गर्ने सक्ने बनिसकेकी थिइन् । रक्तश्राप पनि कम भएको थियो ।’, मोटिभेट न्यूजसँगको कुराकानीमा शाहीले भने, ‘दोश्रो पोकाको रगतका कारण मेरो श्रीमतीको ज्यान गयो ।’

दोश्रो पोका ब्लड चढाएपछि उनको सरिरमा असहज स्थिति सृजना भएको शाहीको भनाई छ । ‘यो ब्लड चढाएपछि कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, कहिले खुट्टा दुख्ने समस्या देखियो ।’, शाहीले भने, ‘त्यसपछि डाक्टरले आईसीयुमा राख्न पर्ने भन्दै, आईसीयुमा भर्ना गरे । त्यहाँ पनि स्वासप्रस्वासमा समस्या भएको भन्दै भेन्टिलेटरमा लगियो । भेन्टिलेटरबाट उनी फर्किनन् ।’

उनले डाक्टरले गलत रगत प्रयोग गर्दा आफूले श्रीमती गुमाउनु परेको बताए । ‘डाक्टरले की अरु कसैलाई भनेर मगाएको ब्लड मेरो श्रीमतीलाई लगाए, कि त ब्लड बैंकले इन्फेक्सन भएको ब्लड दियो ।’ उनले भने ।

उनमा प्रयोग भएको ब्लडको टेस्ट गर्न खोज्दा ब्लड बैंकले आनाकानी गरेको शाहीको भनाई छ । उनले अस्पताल र ब्लड बैंक मिलेर प्रमाण समेत नस्ट गरेको आरोप लगाएका छन् । ‘हामीले लगेको ब्लड एक पटक टेस्ट गरिदिन ब्लड बैंकलाई आग्रह गर्योँ । तर उहाँहरुले उक्त ब्लड डस्बिनमा फालेर प्रमाण नस्ट गर्नुभयो । बिरामीको हातमा लगाएको ब्लडको पोका पनि अस्पतालले गायव पार्यो । उहाँहरुले धेरै ठूलो लापरवाही गर्नुभएको छ । उहाँहरुको गल्ति थिएन् भने प्रमाण किन नस्ट गर्नुभयो ।’

अस्पतालले पेटमा संक्रमण पछि मृगौला नस्ट भएर विरामीको अवस्था क्रिटिकल बनेको बताएको छ । बचाउन खोज्दा खोज्दै विरामीको मृत्यु भएको अस्पतालको भनाई छ । अस्पतालले ब्लड बैंकका प्रतिनिधिहरुलाई राखेर आइतबार बिहान छलफल गर्ने जनाएको छ । शाहीका यसअघि एक छोरा जन्मिएका थिए भने दोश्रो सन्तानका रुपमा छोरीको जन्म भएको थियो । बच्चाको अवस्था भने सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

ताजा

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.