• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

गोकर्णश्वर मन्दिरको धार्मिक र ऐतिहासिक महत्व

काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणमा गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । समुद्र सतहबाट १३३६ मिटरको उचाइमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्ण किराँतीहरूको राजधानी रहेको इतिहासकारहरु बताउँछन् ।

गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल हो । नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये गोकर्णेश्वर मन्दिर सत्ययुगदेखि नै एक महत्त्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ । शक्तिसङ्गमतन्त्र एवं वराहपुराणमा गोकर्णेश्वर र जलेश्वरको महात्म्यको वर्णन गरिएकोले गोकर्ण निकै प्राचीन तीर्थ रहेको बुझिन्छ । रावणले यही तपस्या गरी त्रैलोक्य विजय गर्ने वर पाएका थिए । यो मन्दिर राजा जयस्थिति मल्लले इ।स। १४२२ मा जीर्णोद्वार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको समेत व्यवस्था गरेका थिए तर सो पूर्व कसले कुन समयमा बनाएको हो अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन ।

स्थानीय तहको २०७४ सालमा निर्वाचन भएपछि गोकर्णेश्वर नगरपालिकाले मन्दिरलाई पुनःनिर्माण गर्ने कार्य गरेको छ । अहिले मन्दिरको स्वरुपमा परिवर्तन आएको छ । यो नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा विकास भएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख दीपक रिसालले नगरपालिकाको पहिचानसँग जोडिएको गोकर्णेश्वर मन्दिरको नगरपालिकाले पुनःनिर्माण गरेको बताए ।

यहाँ नेपाली संवत् ७०३ मै गोपीराना भारोले गजुरमा सुवर्ण कलश ध्वजा चढाए भने लिच्छवि राजा मानदेव प्रथमले निर्माण गराएको मानगृह पनि गोकर्णमा नै रहेको, साथै मन्दिरको कलाकौशल, टुँडालमा रहेका कलाकृतिका आधारमा यो मन्दिर लिच्छविकालीन हो भन्ने पुरातत्वविद्हरूको दावी छ । त्यस्तै इतिहासकारहरूले अंशुवर्माको कैलाशकूट भवन विभिन्न ठाउँमा रहेको अड्कल गरेको पाइन्छ । प्रबल मानेश्वर भनेर गोकर्णेश्वर महादेवलाई नै भनिएको र सोही कुरालाई पुष्टि गर्ने अर्को आधार हो अंशुवर्माको संवत् ५३६ को गोकर्ण बालुवा गाउँको अभिलेख हो । कैलाशकूट भवन गोकर्णको आसपास हुनुपर्छ भन्ने कुरा अभिलेखमा प्रयोग भएको अहिन्दूकोट्ट शब्दबाट स्पष्ट सङ्केत प्राप्त भएको देखिन्छ ।

इतिहास विद् प्राडा। पुरुषोत्तमलोचन श्रेष्ठको भनाईका अनुसार गोकर्ण क्षेत्रमा विभिन्न धार्मिक तथा लौकिक वास्तुकलाका नमूनाहरू यत्रतत्र छरिएर रहेका बताएका छन् । उनका अनुसार गोकर्णेश्वर मन्दिरको पश्चिमोत्तर वायण्य कोणमा आठौ शताब्दीको एक पुरानो मूर्ति रहेको एउटा पार्वतीको मन्दिर रहेको छ । त्यसमा पनि प्रसिद्ध गोकर्ण मन्दिरको इशानकोण तर्फ मिश्रति शैलीको श्री ३ जङ्गबहादुरकी आमा रक्षाकुमारीले विस १९११ मा निर्माण गरेको एक महत्वपूर्ण गदाधर नारायण मन्दिर रहेको छ । शास्त्रमा विष्णुपादुकालाई विष्णुले पितृको उद्धार गरेको पवित्र स्थल मानिन्छ । यस मन्दिरमा रहेको विष्णुपादुकामा राखी पिण्डदान ग(यो भने सबैभन्दा ठूलो पुण्य मिल्ने कुरा वराह पुराणमा उल्लेख छ । पितृकृत्यको लागि गदाधरको सानित्य अत्युत्तम मानिन्छ । आफ्नै महत्व रहेको विष्णुपादुका स्थानमा श्राद्ध गर्दा मृतकहरूले स्वर्गमा बास पाउछन् भनी विश्वास गरिन्छ ।

गोकर्णेश्वर मन्दिर आसपास रहेका विष्णुपादुका तीर्थ, त्रिवेणी धाम, पितामहमहातीर्थ, सप्तषिर्तीर्थ, पिङ्गला योगिनी, वाग्मती उत्तरवाहिनी तीर्थस्थल र गोकर्ण वनले महत्वपूर्ण स्थान राख्छन् । गोकर्णेश्वर महादेव मन्दिर पूर्वतर्फ पवित्र उत्तरवाहिनी स्थान रहेको छ । पञ्चमुखी हनुमान र कान्तिभैरव मन्दिरबीच भएर बागद्वारबाट उत्पन्न भई बग्दै आएको पवित्र वाग्मती दक्षिणबाट उत्तरतर्फ फर्केर बगेको हुनाले यस ठाउँलाई उत्तरवाहिनी भनिन्छ । यो उत्तरवाहिनी क्षेत्र धार्मिक, सांस्कृतिक, एवम् ऐतिहासिक, पुरातात्विक महत्वका वास्तुकला र कलाकृतिका नमुनाहरू यत्रतत्र छरिए रहेको पाइन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    नेप्से आज घट्यो कि बढ्यो ?

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.