• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ बैशाख २०८३, बुधबार
१६ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

अस्पताल भित्र भिडियो खिच्न र बिरामीको अन्तरवार्ता लिन निषेध
  • ८ घण्टा 

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना
  • ११ घण्टा 

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • १ दिन 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • १ दिन 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • १ दिन 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १ दिन 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ३. गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

  • ४. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • ५. पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ६. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

  • ७. बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक

  • ८. नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित

  • ९. नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • १०. सुनको मूल्य तोलामा दुई हजार सात सय रूपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

प्रेम सम्बन्धका हुने सात कठिन चरण

जानकारी केन्द्र २०७९, कार्तिक, १२

काठमाडौँ । प्रेममा पर्नु जति सजिलो छ, प्रेमसम्बन्धलाई निभाउनु त्योभन्दा कठिन हुन्छ। कुनै फिल्ममा के देखाइन्छ वा अरु कसैले के व्याख्या गर्छ भन्ने भन्दा पनि प्रेम सम्बन्धलाई बचाइराख्न दुवैको तर्फबाट धेरै कामहरु गर्नुपर्छ। लामो समयसम्म आफ्नो सम्बन्धलाई लैजाने काम त्यति सजिलो छैन। राम्रोसँग कुरा हुन नसक्ने देखि एकअर्काका लागि समय दिन नसक्नेलगायतका समस्या कुनै न कुनै चरणमा प्रेममा परेका मानिसले भोग्ने गरेका छन्।

यहाँ प्रेम सम्बन्धमा आउन सक्ने कठिन परिस्थिति उल्लेख गरिएको छ :

१. आपसी सम्मान
झट्ट सुन्दा यो सामान्य कुरा लाग्छ किनकी कुनै न कुनै आपसी सम्मान र सद्भावको कारण नै दुईजना मानिसहरु एकअर्कामा जोडिएका हुन्छन्। तर सधैं यो क्रम एकैनासको रहन्छ भन्ने पनि हुँदैन र प्रेम सम्बन्धमा जोडिइसकेपछि त्यसभन्दा केही बढी अपेक्षा स्वाभाविक हिसाबमा आफ्नो पार्टनरसँग हुन सक्छ। यस्तोमा आफ्नो पार्टनरको सोच, सीमा, इच्छा र परिवारको कुनै सम्मान नगर्ने व्यवहारले तपाइँको सम्बन्धमा दरार आउन सक्छ। यस्तो अवस्थामा कसैलाई आफ्नो कुरा मान्न बाध्य पार्नुपर्छ भन्ने छैन। यस्तो अवस्थामा कसैलाई आफ्नो कुरा मान्न बाध्य पार्नु अभ्यासको हिसाबमा राम्रो रणनीति होइन। तपाइँले संसारमा सबै कुरा सबैलाई चित्त नबुझ्न सक्छ भन्ने बुझ्नुपर्छ र जीवनमा पाएका कुराबाट खुसी पनि हुन सिक्नुपर्छ।

२. प्रेमलाई परिभाषित गर्नु
आधुनिक युगमा प्रेम सम्बन्ध विभिन्न सञ्चारमाध्यम तथा विज्ञान प्रविधिको कारण निकै सहज भएको छ। मानिसहरुले विभिन्न माध्यमबाट एकअर्कासँग कुराकानी र मनको कुरा साटासाट गर्न सक्छन्। यद्यपि कसैसँग प्रेम सम्बन्धमा बसिसकेपछि भने केही समस्या आउन सक्छ। आधुनिक युगको प्रेम सम्बन्धको सबैभन्दा ठूलो समस्या पार्टनर सम्बन्धप्रति प्रतिबद्ध छ भनेर जान्नु हो। त्यसैले सम्बन्धको विषयमा आफ्नो धारणा सुरुमा नै स्पष्टरुपमा भन्नुपर्छ। साथै यस विषयमा आफ्नो साथीको धारणा पनि सुन्ने प्रयास गर्नुपर्छ। उनीहरु यो सम्बन्धमा त्यति धेरै गम्भीर देखिँदैनन् भने उनीहरुलाई आफ्नो दुनियाँमा छाडिदिनु राम्रो हुन्छ। दोस्रो महत्वपूर्ण कुरा पहिला उनीहरुको कुरा सुन्नपर्छ र आफ्नो धारणा उनीहरुसँग मिल्छ कि मिल्दैन भन्नेमा ध्यान दिनुपर्छ। अन्यथा उनीहरुलाई आफ्नो विचारसँग सहमत गराउन थाल्नुहुँदैन।

३. राम्रोसँग कुरा हुन नसक्नु
प्रेम सम्बन्धमा राम्रोसँग कुरा हुन नपाउँदा पनि यसले विवाद निम्त्याउन सक्छ। यस्तोमा आफ्नो कुरा पार्टनरले नसुनेको जस्तो आभाष भयो भने त्यसले समस्या उत्पन्न गराउन सक्छ। राम्रोसँग कुरा हुन नसक्ने समस्या समाधानको लागि थोरै तर गुणस्तरीय समय एकअर्काको लागि मिलाउनु राम्रो हुन्छ। त्यसका साथै राम्रोसँग अर्काको कुरा सुन्ने बानीको विकास तथा उसले भनेका कुरालाई मनन गर्ने बानी गर्नुपर्छ। कुनै पनि कुरामा आरोप लगाउने र गलत साबित गर्ने प्रयास गर्नु हुँदैन। त्यस्तै खुला हुने र अर्काको भावनाको पनि सम्मान गर्ने बानीले सम्बन्धलाई थप मजबुत बनाउँछ।

४. एकअर्कालाई समय छुट्याउनु
आधुनिक युगका सबैजसो मानिस व्यस्त हुन्छन्। मानिसहरुले आफ्नो काम र सम्बन्धलाई एकैसाथ अघि बढाउनुपर्ने अवस्था हुन्छ। तर, विभिन्न सामाजिक कार्यमा सरिक हुनुपर्ने र अन्य बाहिरी कामको चाप परेको बेला एकअर्कालाई कहिलेकाहीँ समय दिन नसक्ने अवस्था पनि आउन सक्छ। यद्यपि यो क्रम लामो समयसम्म चल्यो भने यसले भने समस्या निम्त्याउन सक्छ। यस्तो अवस्थामा भावनात्मक र शारीरिक निकटता पनि कमजोर हुन सक्छ। कहिलेकाहीँ एकैसाथ कतै डुल्न जानु, घरमा बस्दा पनि एकअर्काको लागि समय छुट्याएर एकअर्काको काममा सहयोग गर्नेजस्ता कुराले पनि एकअर्काको कमी महसुस हुन दिँदैन।

५. शारीरिक सामीप्यता
भावनात्मकका साथै शारीरिक सामीप्यताको पनि प्रेम सम्बन्धमा ठूलो अर्थ रहन्छ। शारीरिक सामीप्यताले पनि एकअर्काप्रतिको माया, प्रेम र विश्वास बढाउन सहयोग गर्छ। त्यसैले एकअर्काप्रति एक स्तरको सामीप्यता भने कायम राख्नुपर्छ।

६. समझदारी
यो प्रेम सम्बन्धको लागि निकै महत्वपूर्ण कुरा हो। सम्बन्धको लागि कतिपय स्थानमा झुक्नुपर्छ भने पनि त्यसका लागि तयार हुनुपर्छ। यसको लागि कतिसम्म ठीक र कतिसम्म गलत भन्ने कुरा राम्रोसँग विचार गर्नुपर्छ।

७. विवाद
कुनै पनि सम्बन्धमा विवाद सामान्य कुरा हो। तर, महत्वपूर्ण कुरा झगडा पछि तपाइँ सम्बन्धमा कसरी अघि बढ्नुहुन्छ भन्ने कुरा हो। विवादपछि पनि तपाइँले आफ्नो पार्टनरप्रतिको प्रेम र केयरमा कमी ल्याउनु भएन भने त्यसले ठूलो अर्थ राख्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
अस्पताल भित्र भिडियो खिच्न र बिरामीको अन्तरवार्ता लिन निषेध
पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

ताजा

घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

अस्पताल भित्र भिडियो खिच्न र बिरामीको अन्तरवार्ता लिन निषेध

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.