Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

रविलाई बधाई दिँदै मेयर साम्पाङले भने- ‘अब गुण्डाराज खत्तम बनाउनुपर्छ’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १२
रविलाई बधाई दिँदै मेयर साम्पाङले भने- ‘अब गुण्डाराज खत्तम बनाउनुपर्छ’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत लामिछानेलाई बधाई दिएका हुन् ।

बधाई दिँदै मेयर साम्पाङले गुण्डाको राज खत्तम बनाउनपर्ने बताएका छन् । ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृहमन्त्री ज्युलाई,’ साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गुण्डाको राज खत्तम बनाउनु पर्छ अब १’

गृहमन्त्री भएपछि लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने पहिलो निर्णय गरेका छन् ।

स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

Top Changing Nepal

युट्युब सट्स